सवारी दुर्घटना न्युनिकरण जनचेतनामुलक कार्यक्रम सम्पन्न

  • कार्तिक ५, २०७९
  • ८२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक ५ । सिरहा प्रहरी कार्यालय द्वारा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सडक दुघर्टना न्यूनीकरण कार्यक्रम सम्पन्न गरिएको छ । सिरहाको धनगढीमाई नगरपालिका वडा नं ११ मा रहेको ईलाका प्रहरी कार्यालय धनगढी र उक्त ठाउँको ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा प्रहरीले पूर्व पक्षिम्म राजमार्गमा रहेको धनगढी बजारमा आफ्ना कार्यक्रम प्रचार प्रसार गरी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मिति २०७९।०७।०४ गते जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं.११ स्थित ईलाका प्रहरी कार्यालय धनगढी सिरहा र ट्राफिक प्रहरी पोष्ट धनगढी सिरहाको संयुक्त आयोजनामा “सवारी दुर्घटना न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम” गर्दै बजार परिक्रमा गरेको थियो । कार्यक्रममा स्थानिय समाजसेवी पत्रकार समेतको उपस्थितिमा सडकमा दुर्घटना न्यूनीकरण सम्बन्धी जानकारी मुलक कार्यक्रम अन्तर्गत स्थानिय अटो चालक , बस चालक ,ट्र्याक्टर चालक लगायतलाई ट्राफिक नियम अनुसार पार्किंग ब्यबस्थापन , सिट बेल्टको प्रयोग , ओभर लोडको कारण हुने क्षति लगायतका पक्षमा सचेतना कार्यक्रम सम्पन्न गरिएको सहभागीहरुले बताएका छन् । संग्रहमा कार्यक्रम फलदायी भएको हुनाले समय समयमा यस्ता किसिमका कार्यक्रमहरु नियमित भइरहनु पर्ने स्थानीयको बुझाई पाईन्छ ।

प्रतिक्रिया दिनुहोस

एनआरएनए एनसीसी कतारक ...

रामएकवाल राम दोहा , कतार :- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११ औ राष्ट्रिय एकत ...

कतारमा पत्रकार रामएक ...

दोहा, कतार - वैदेशिक रोजगारीसँगै दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिराहाका पत्रकार रामएकवाल राम उत ...

लक्ष्मीपुर पतारी गाउ ...

ओम प्रकाश यादव लहान साउन १० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाले विकास र सुशासनका क्ष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१