लैंगिक हिंसा बिरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न

  • कार्तिक ४, २०७९
  • ६९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक ४ । समाजमा लैंगिक हिंसा बढ्न थालेपछि सिरहा प्रहरीद्धारा सचेतना कार्यक्रम थालिएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०७९।०७।०४ गते सिरहाको लक्ष्मिपुर पतारी गाउँपालिका वडा नं.०३ स्थित ईलाका प्रहरी कार्यालय महेशपुर पतारी सिरहाको आयोजनामा “लैंगिक हिंसा बिरुद्धको जनचेतनामुलक कार्यक्रम” गरिएको छ । मधेशका अधिकांश भागमा महिला लगायतका घरेलु हिंसाबाट बच्न र समाजमा सामाजिक मर्यादालाई कायम राख्दै मैत्रीपूर्ण सामाजिक व्यबहार स्थापनाको लागि अभियान थालिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । कार्यक्रमवाट आफूहरुलाई फाइदा भएको बताउँदै सचेतना कार्यक्रमले आफू सुरक्षित हुनका लागि आफूले भोग्ने पीडा र न्यायसँग डटेर सामना गर्नु पर्ने ज्ञानको ज्योति प्राप्त भएको सहभागीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

एनआरएनए एनसीसी कतारक ...

रामएकवाल राम दोहा , कतार :- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११ औ राष्ट्रिय एकत ...

कतारमा पत्रकार रामएक ...

दोहा, कतार - वैदेशिक रोजगारीसँगै दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिराहाका पत्रकार रामएकवाल राम उत ...

लक्ष्मीपुर पतारी गाउ ...

ओम प्रकाश यादव लहान साउन १० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाले विकास र सुशासनका क्ष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१