Siraha Times
ताजा समाचार

लैंगिक हिंसा बिरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न

  • कार्तिक ४, २०७९
  • ९२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक ४ । समाजमा लैंगिक हिंसा बढ्न थालेपछि सिरहा प्रहरीद्धारा सचेतना कार्यक्रम थालिएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०७९।०७।०४ गते सिरहाको लक्ष्मिपुर पतारी गाउँपालिका वडा नं.०३ स्थित ईलाका प्रहरी कार्यालय महेशपुर पतारी सिरहाको आयोजनामा “लैंगिक हिंसा बिरुद्धको जनचेतनामुलक कार्यक्रम” गरिएको छ । मधेशका अधिकांश भागमा महिला लगायतका घरेलु हिंसाबाट बच्न र समाजमा सामाजिक मर्यादालाई कायम राख्दै मैत्रीपूर्ण सामाजिक व्यबहार स्थापनाको लागि अभियान थालिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । कार्यक्रमवाट आफूहरुलाई फाइदा भएको बताउँदै सचेतना कार्यक्रमले आफू सुरक्षित हुनका लागि आफूले भोग्ने पीडा र न्यायसँग डटेर सामना गर्नु पर्ने ज्ञानको ज्योति प्राप्त भएको सहभागीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१