सर्लाही प्रहरीले मनाए ”६७औं प्रहरी दिवस २०७९“

  • कार्तिक ३, २०७९
  • ५०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक ३ । सर्लाही प्रहरीद्धारा ”६७औं प्रहरी दिवस २०७९“ भब्यताको साथ सम्पन्न गरिएको छ । दिवशको अवसरमा जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमज्यूको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्ला न्यायधिवक्ता कैलाश दहालज्यू, प्रमुख सेनानी श्री अभिषेक कार्कीज्यू, सशस्त्र प्रहरी उपरीक्षक श्री भरत खनियाज्यू, प्रमुख अनुसन्धान-उप निर्देशक श्री चन्दन कुमार झाज्यू, मलगंवा नगरपालिका सर्लाहीका प्रशासकीय अधिकृत गेहनाथ गौतमज्यू, पत्रकार महासंघ सर्लाहीका अध्यक्षज्यू, वीर अमर प्रहरीका परिवारजनहरू, पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति सर्लाहीका पदाधिकारीहरू तथा सकल दर्जाका पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू, ज्येष्ठ नागरिक तथा नागरिक समाजका पदाधिकारीहरू, पत्रकारहरू, समाजसेवीहरू लगाएतको उपस्थितिमा भएको कार्यक्रममा अथिती गणलाई प्रहरी नायव उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बिजय यादवज्यूबाट स्वागत मन्तव्य व्यक्त गरिएको थियो ।

कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह ज्यूद्वारा प्रेषित संदेश वाचन गरिएको, बिर अमर प्रहरी प्रति १ मिनेट मौनधारण, प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्री थानेश्वर गौतमज्यूबाट अमर प्रहरी स्मारकमा पुष्प हार अर्पण तथा उपस्थित विशिष्ट अतिथिज्यूहरू, अमर प्रहरीका परिवारजनहरू, भू.पू. प्रहरीहरू, उपस्थित प्रहरी अधिकृत तथा जवानहरूबाट अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरिएको थियो भने प्रमुख अतिथि प्र.जि.अ. श्री थानेश्वर गौतमज्यू तथा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलज्यूद्वारा नेपाल प्रहरी संगठनमा लामो समय सम्म आवद्ध रही देश र जनताको सेवामा आफ्नो उर्जावान, गतिशिल जीवन समर्पित गरी राष्ट्र, संगठन र जनतालाई पुर्यारउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रहरी परिवारको ज्येष्ठ सदस्यको रूपमा ८१ बर्षीय पूर्व प्र.ज. हेम बहादुर दर्लामी तथा उपस्थित सम्पूर्ण पुर्व प्रहरीहरुलाई खादा ओढाई सम्मान गरिएको थियो ।

अमर प्रहरी परिवारलाई दोसल्ला ओढाई सम्मान गरिनुका साथै दुई जना जग्गा दाताहरुलाई मधेश प्रदेशका माननीय मुख्यमन्त्री श्री लालवावु राउतद्वारा प्रदत्त कदर पत्र प्रदान एवं दोसल्ला ओढाई सम्मान तथा तीन जना समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत शान्ति सुरक्षा एवं अपराध अनुसन्धानमा सहयोग पुर्याउने व्यक्तिहरूलाई समेत कदर पत्र प्रदान गरिएको थियो कार्यक्रममा उत्कृष्ठ प्रहरी कर्मचारीहरुलाई पुरस्कारद्वारा पुरस्कृत गर्दै कार्यक्रम समापन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

एनआरएनए एनसीसी कतारक ...

रामएकवाल राम दोहा , कतार :- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११ औ राष्ट्रिय एकत ...

कतारमा पत्रकार रामएक ...

दोहा, कतार - वैदेशिक रोजगारीसँगै दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिराहाका पत्रकार रामएकवाल राम उत ...

लक्ष्मीपुर पतारी गाउ ...

ओम प्रकाश यादव लहान साउन १० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाले विकास र सुशासनका क्ष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१