सिराहा प्रहरीद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

  • कार्तिक ३, २०७९
  • ६६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक ३ । सिराहा प्रहरीद्वारा मठ मन्दिरसरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । ६७ औ प्रहरी दिवस २०७९ को अवसरमा जिल्ला प्रहरी कार्यालय सिराहा र मातहतका ईलाका प्रहरी कार्यालयहरु र प्रहरी चौकी लगायतका कार्यालयहरूको अगुवाईमा स्थानिय स्तरमा रहेको मठ मन्दिरहरुको एकातिर सरसफाई गरिएको छ भने अर्कोतिर दिवसकै अवसरमा मिति २०७९।०६।३० गते जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहत प्रहरी ईकाई समेतमा “बृक्षारोपण कार्यक्रम” गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । वृक्षारोपण कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिरहाको परिसर तथा मातहतका प्रहरी ईकाईहरुको बिभिन्न स्थानहरुमा बिभिन्न प्रजातिका गरी करिब ३६३ थान विभिन्न जातका बोट बिरुवाहरु बृक्षारोपण गरी सो कार्यक्रम समापन भएको हो ।

Open photo

 

प्रतिक्रिया दिनुहोस

लहानका थारु बस्तीमा ...

रहमुल, लहान १ माघ । थारु सम्वत् २६४९ तथा तिल्ला सङ्क्रान्ति महोत्सव २०८२ को अवसरमा सिरहाको लहान नगरप ...

११ औँ माघी मेला महोत ...

रासिन्द्र यादव ,लहान माघ ०१ । थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई उजागर गर्ने उद ...

सप्तरीको बोदे बर्साई ...

बोदे बर्साईन , सप्तरी :०१ माघ : उमेश कुमार साह बोदे बर्साईन, १ माघ । सप्तरीको बोदे बर्साईन नगरपालिका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१