ताजा समाचार

सिरहामा सञ्चारकर्मीमाथि दुर्व्यवहार कार्वाहीको माग

  • कार्तिक २, २०७९
  • ११०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा -पत्रकार महासंघ सिरहाले भन्सार कार्यालय सिरहा माडरमा पत्रकार महासंघ सिरहाका सचिव शिवदयाल यादव र ग्यालेक्सी फोकेका सिरहा संवाददाता विनय यादवमाथि भएको दुर्व्यवहार घटनाप्रति आपत्ति जनाएको छ । पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताले आज एक विज्ञप्ति जारी गर्दै सञ्चारकर्मी दुर्व्यवहार घटनाप्रति खेद प्रकट गरेको हो । सिरहामा भइरहेको अवैध तस्करी धन्दा र भन्सारका कर्मचारीले घुस लेनदेन गरी राज्यको राजस्व छली गरिरहेको विषयमा सञ्चारकर्मीद्वयले मंगलबार समाचार संकलनका लागि माडरस्थित सिरहा भन्सार कार्यालयमा पुगेका थिए ।यस विषयमा कार्यालयका प्रमुख रामराजाप्रसाद चौरसियासँग प्रतिक्रिया लिन खोज्दा उनले जिम्मेवार र नम्र भएर जवाफ दिनुको सट्टा सञ्चारकर्मीद्वयलाई अपमानपूर्ण ढंगले तथानाम भन्दै प्रहरी बोलाएर थुनाइदिने धम्कीसमेत दिएका थिए । महासंघले स्वतन्त्र रुपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई कार्यालयका प्रमुख जस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु अत्यन्तै दु:खद र अशोभनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ ।घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न र पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूती गराउन सम्बन्धित निकायलाई महसंघले ध्यानाकर्षणसमेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤