जानकी मन्दिरको एतिहासिक पक्षलाई हेर्दा

  • असोज १९, २०७९
  • ८०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १९ । मधेश प्रदेशको धनुषा जिल्लाको सिता नगरी जनकपुरधाम स्थित रहेकाे जानकी मन्दिरको एतिहासिक सांस्कृतिक पक्षको आफनै महत्त्व रहेको पाईन्छ । जानकि_मन्दिर_को_इतिहास जानकी मन्दिरकाे निर्माण तत्कालीन भारत स्थित टिकमगढकी महारानी वृष भानु कुमारीले ई . स . १९११ ताका समयमा करिब नौ लाख रुपैयाँमा निर्माण गराएकी विश्वास गरिन्छ । नेपालमा क्षेत्रफलको हिसाबले ठूलो मानिने यस मन्दिरलाई नौलखा मन्दिर समेत भन्ने गरिन्छ । मन्दिरको निर्माण सम्पन्न भएपछि रानीले मन्दिरको नाममा करीब छ हजार विगाहा जग्गा दान समेत गरेको आँकलन गरिएको छ । मन्दिर निर्माण भएको करिव एक सय पच्चिस वर्ष जति भएपनी मन्दिर भित्र रहेकाे राम-जानकीको प्रतिमा अर्थात् मूर्ति झन्डै सात सय वर्ष पुरानो रहेको मान्यता रहेको छ भने उक्त प्रतिमा भारतको लोहागढ बाट विक्रम सम्वत १४१७ मा अाएका सुर किशोर दासले फेला पारेको बताइन्छ । जानकी मन्दिरको निर्माण भएपछि नियमित पूजापाठको क्रम जारी रहँदाको समयमा सन् १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाउँमा १४ सय बिघा दान दिएको लिखत अझै सुरक्षित रहेकाे देखिन्छ । नेपाल सरकार द्वारा गठित भोजराज घिमिरे प्रतिवेदन २०६२ ले १९११ मा ६,००० बिगहा जग्गा जानकी मन्दिरको रहेको र उक्त मन्दिरको २०६२ साल सम्म ५,००० बिघा भन्दा बढी जग्गा लोप भई सकेको उल्लेख गरिएको छ । श्रोत सामाजिक सञ्जाल फेसबुकबाट परिमार्जित गर्दै लेखिएको ।

प्रतिक्रिया दिनुहोस

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१