ताजा समाचार

जानकी मन्दिरको एतिहासिक पक्षलाई हेर्दा

  • असोज १९, २०७९
  • १०२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १९ । मधेश प्रदेशको धनुषा जिल्लाको सिता नगरी जनकपुरधाम स्थित रहेकाे जानकी मन्दिरको एतिहासिक सांस्कृतिक पक्षको आफनै महत्त्व रहेको पाईन्छ । जानकि_मन्दिर_को_इतिहास जानकी मन्दिरकाे निर्माण तत्कालीन भारत स्थित टिकमगढकी महारानी वृष भानु कुमारीले ई . स . १९११ ताका समयमा करिब नौ लाख रुपैयाँमा निर्माण गराएकी विश्वास गरिन्छ । नेपालमा क्षेत्रफलको हिसाबले ठूलो मानिने यस मन्दिरलाई नौलखा मन्दिर समेत भन्ने गरिन्छ । मन्दिरको निर्माण सम्पन्न भएपछि रानीले मन्दिरको नाममा करीब छ हजार विगाहा जग्गा दान समेत गरेको आँकलन गरिएको छ । मन्दिर निर्माण भएको करिव एक सय पच्चिस वर्ष जति भएपनी मन्दिर भित्र रहेकाे राम-जानकीको प्रतिमा अर्थात् मूर्ति झन्डै सात सय वर्ष पुरानो रहेको मान्यता रहेको छ भने उक्त प्रतिमा भारतको लोहागढ बाट विक्रम सम्वत १४१७ मा अाएका सुर किशोर दासले फेला पारेको बताइन्छ । जानकी मन्दिरको निर्माण भएपछि नियमित पूजापाठको क्रम जारी रहँदाको समयमा सन् १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाउँमा १४ सय बिघा दान दिएको लिखत अझै सुरक्षित रहेकाे देखिन्छ । नेपाल सरकार द्वारा गठित भोजराज घिमिरे प्रतिवेदन २०६२ ले १९११ मा ६,००० बिगहा जग्गा जानकी मन्दिरको रहेको र उक्त मन्दिरको २०६२ साल सम्म ५,००० बिघा भन्दा बढी जग्गा लोप भई सकेको उल्लेख गरिएको छ । श्रोत सामाजिक सञ्जाल फेसबुकबाट परिमार्जित गर्दै लेखिएको ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤