ताजा समाचार

पुल भत्किँदा जाेखिमपुर्ण यात्रा

  • असोज १८, २०७९
  • १०६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव लहान असोज १८ । सिरहाकाे भगवानपुर गाउँपालिका वडा नं.-५ लालपुर खाेलामा आएको बाढीले पुल भत्किदा स्थानीय बासिन्दा जाेखिमपुर्ण यात्रा गर्न बाध्य छन् । भदौकाे दाेस्राे सता आएको लगातार वर्षाले लालपुर खाेलामा पानिकाे बाहब उच्च हुदा जीर्ण अवस्थामा रहेको पुल भत्किदा लालपुर ,गाैरसहा, अभयनगर,चाेचारटाेल लालपुर लगायतका बासिन्दालाई गाउँपालिका केन्द्र भगवानपुर बजारमा आउन जान समस्या भइरहेको छ। पुल भत्केको ठाउँमा बिजुली बाल्ने तीन खम्बाकाे सहारा लिइ जाेखिम माेलेर बाटो वारपार स्थानीय गइरहेका छन् । र सबैभन्दा बढी प्रभावित हनुमान प्रसाद माध्यमिक विधालयमा पढ्ने जाने साना बालबालिका र स्थानीय वुद्ववृद्धलाई लच्किने खालको बिजुलीको खम्बामा यात्रा गर्न बढी समस्या भइरहेको छ। भगवानपुर वडा नं.५ लालपुरका नसिबलाल यादवका अनुसार साउनकाे सुरुमै अलि चिरा पेरृकाे समयमा गाउँपालिकाले मर्मतमा ध्यान नदिँदा अहिले तिनहजार घरधुरी प्रभावित भएका छन् ।पुल भत्किदा गाउँमा एम्बुलेन्स लगायतका गाडी आउन सकिरहेको छैन । अहिले भगवतिपुरकाे घुमाउरो र ठाडी घुमाउरो बाटो यात्रा गर्न बाध्य भएको हनुमान प्रसाद माध्यमिक विधालयका विधार्थीले जानकारी दिए ।पुल भत्किएको १ महिना भन्दा बाढी भयो तर अहिलेसम्म गाउँपालिका अध्यक्ष र वाडा अध्यक्षकाे कुनै चासो छैन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤