ताजा समाचार

नारी शक्ति एक भए देशमा अझ शान्ति र स्थायित्व कायम हुने-डा.मघु गुप्ता

  • असोज १६, २०७९
  • ८६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानियाप र्सा १६ असोज जनता समाजबादी पार्टीकी नेतृ डा.मधु गुप्ताले नारि शक्ति एक भए देशमा अझ शान्ति र स्थायित्व कायम हुने बताउनु भएको छ । आज आईतबार फूलपाती भित्र्याउन गएका दुर्गा भगवतीको भक्तजनलाई फल्हार वितरण गर्दै उहाले महिलाहरु पनि देवी दुर्गा झैँ हुनु पर्ने र आफूमाथि औला उठाउनेको हात नै भाची दिने सम्म हिमत राख्नु पर्ने बताउनुभयो । पृथ्वीमा जब जब असहाय उदण्ड किसिमका गतिबिधि भएको छ तब तब नारि कै रुपमा देवी भवानी बिभिन्न आफ्ना अवतार लिएर संसारको रक्षा गरेको हुनाले हामि महिला पनि आफ्ना अधिकारलाई सुनिश्चित गर्नका लागी देवी झैँ आफ्ना भित्र भएका आट र हिमतलाई प्रदर्शन गर्नुपर्ने बेला आएको बताउनुभयो । महिलाले जब सम्म आफ्नो आधिकार होस् या आफुमाथि भईरहेको अन्यायको बारेमा अवाज उठाउदैन तब सम्म उनीहरुको अवाज कोहि नसुन्ने र यसैगरी महिलाहरु पछाडी परिरहेको बताउनुभयो । त्यसैले हामि माथि भईरहेको विभेदको अन्त्य गर्नको लागी कहिले दुर्गा त कहिले काली बन्नु पर्ने बताउनुभयो । आसन्न प्रतिनिधि निर्वाचनको लागी पर्सा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षक तर्फ नाम समेत सिफारिस भएको डा.गुप्ताले पोखरिया नगरपालिका वडा ५ सतवरियामा फूलपाती भित्र्याउन गएका श्रद्धालु भक्तजनलाई फल्हार बितरण शुभकामना समेत दिनुभएको छ । उहाले पोखरिया सहित पर्सा क्षेत्र नम्बर ३ का सम्पूर्ण जनताको सु –स्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤