Siraha Times
ताजा समाचार

प्रहरी हबल्दार घनश्याम कुर्मी र तस्कर को मिलिमतो मा तस्करी

  • असोज १३, २०७९
  • १०५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान /१३ असोज । प्रदेश न:२ को सप्तरी जिल्ला स्थित पर्ने इ.प्रहरी कार्यालय भेरिया मा नामको लागि मात्र कार्यरत प्रहरी हल्दार घनश्याम कुर्मी र तस्कर को मिलिमतो मा अबैध मालसमान वार पार गराउने को धेरै नै बिगबिगि बढेको देखिन्छ । सिरहा र सप्तरी जिल्ला को विभिन्न नाका बाट अबैध माल समान वार पार गराउन घनश्याम कुर्मी स्कर्टिङ समेत गर्दै आइरहेको बताइन्छ। प्रहरीकैश्रोत अनुसार कुर्मी २ न:प्रदेश प्रहरी कार्यालय बाट खटाइएको हो।कुर्मी इ.प्र.का कडरबोना सप्तरी मा कार्यरत हुँदा समेत समय समयमा चर्चाको विषय बनेको थियो ।कडरबोना बाट सरुवा भए पश्चात् ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरी पुगेका थिए ।कंचनपुर मा समेत कार्यरत रहदा कुर्मिको चालचलन ठिक नरहेको श्रोतको दावी छ।कुर्मी र एकजना महिला संग लेनदेन को मामला मा भिडयो सार्वजनिक हुँदा जिल्ला प्रहरी कार्यालय सप्तरी तानिएका थिए।उक्त विषयमा दोसि ठहर भई ६ महिना निलम्बन मा समेत परेको थियो।निलम्बन मा परे पश्चात् केहिदिन पछि कुर्मी प्रदेश प्रहरी तानिएका थिए र त्यही बाट सिभिल टोलि अर्थात घुमुवा बनाइएको उच्च श्रोतको दावी छ। शान्ति सुरक्षा कायम गर्न सफल मानिएका नेपाल प्रहरी संगठन केही घुस्याहा प्रवृत्ति बोकेको कुर्मी जस्ता कर्मचारीले गर्दा समय समयमा सम्पूर्ण प्रहरी संगठन लाई नै बदनाम गर्ने गरेको पनि पाइन्छ। इ.प्र.का भेरिया नामको लागी मात्र कार्यरत देखाइएको र प्रदेश प्रहरी कार्यालय घुमुवा रहेको घनश्याम कुर्मीले तस्कर संग महिनावारि गरि तस्करी लाई बढावा दिएको श्रोत को दाबी छ,व्यापारी संग लाखौं मासिक रकम उठाउने गरेको एउटा प्रहरी ले नै आफ्नो नाम गोप्य राख्ने शर्तमा भनेको छन। नेपाल प्रहरी संगठनको नीति निर्देशन लाई धज्जी उडाउने कार्य गरिरहेकाले प्र.हल्दार घनश्याम कुर्मी माथि माथिल्लो निकायको ध्यान जान अति नै आवश्यक देखिन्छ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१