ताजा समाचार

सर्लाहीमा मन्त्रीकै इसारामा रामलल्लाले गरे, रमेशको २ बिगहा बढी जग्गा अतिक्रम

  • असोज १३, २०७९
  • ७९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान / १३ असोज । सर्लाहीको बसबरिया गाउँपालिका वडा नम्बर - ५ मा बस्ने स्व. रामपति साहको छोराहरु राजेश प्रसाद साह, रमेश साह, उमेश साह गरि ३ भाईको जग्गा कब्जा अतिक्रमण गरिएको बताइएको छ। मधेश प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहकै इसारामा रामलल्लाले गरेका छन् रमेशको साहको २ बिगहा भन्दा बढी जग्गा अतिक्रम गरेका छन। जग्गा कब्जा अतिक्रम गरिनेमा त्यहीँ सर्लाही जिल्ला धनकौल गाउँपालिका वडा नम्बर -९ का रामल्ला भन्ने रामलाल सिँह रहेका छन् । यो सँगै धनकाैल गाउँपालिका वडा नं. ०१ मा रहेकाे किता नं. ३७५ क्षेत्रफल ०-१९-४१/२ र किता नं. ३७९ क्षेत्रफल ०-१९-५१/२ काे धान खेत २३ वर्ष अगाडि रामपती साहले उमेश मिश्र संग खरिद गरेका थिए । २०७७ आश्विन २६ गते रामपती साहको निधन पछि साे जमिन उनका छाेराहरु राजेश प्रशाद साह, रमेस साह र उमेश साह तिनजना दाजुभाइकाे नाममा २०७७ साल माघ १९ गते आयाे । धनकाैल गा.पा. ०१ मा रहेकाे उक्त २ओटा खेत रामपती साहकाे मृत्यु पछि २०७८ साल असार देखि साे जमिन आफ्नो निजि भएको भन्दै रामलला शिंहले जबर्जस्ती बालि लगाएर खाईरहेका छन् ।

रामलला शिंहका भाइ बिरेन्द्र प्रसाद शिंह नेपाली काँग्रेस बाट मधेस प्रदेशको महिला बालबालिका,युवा तथा खेलकुद मन्त्री रहेकाे र पावरकै भरमा आफ्नो खेतीयोग्य जमिन कब्जा गरि अतिक्रमण गरेको र बिगत ३ वर्ष देखिको खेतको कर चुक्ता गर्न वडा कार्यालय धाईरहदा वडा अध्यक्ष र वडा सचिवले विभिन्न बाहाना बनाएर जमिनकाे कर नबुझ्ने गरेको र रामलला शिंहसंग सम्झौता गरेर आउन दबाब समेत दिने गरेको पिडित रमेश साहले बताएका छन् । र मन्त्रीकै मान्छे हुँदैमा प्रहरी कार्यालयमा उजुरी दिएता पनि कुनै सुनवाइ नदिएको रमेश साहको कथन छ। यस प्रति जिल्ला प्रहरी कार्यालय , जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित निकाय तथा व्यक्तिले छलफल तथा अनुगमन तथा अनुसन्धान गर्नु पर्ने अति आवश्यक रहेको देखिन्छ । यता , प्रतिवादी रामलला शिंहसँग साे विषयमा बुझ्दा : उनले आफू प्रतिकाे आराेप झुठो हाे । अरुको खेत त मलाई के थाहा, मेरो आफ्नै जमिन खेतहरु कयौं बिघा अरुले कमाएर खाईरहेकाे छ भनेर खण्डन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤