Siraha Times
ताजा समाचार

कपिलवस्तुमा प्रहरीद्वारा पत्रकार काेरी माथी दुर्व्यवहार पत्रकार संगठनको ध्यानाकर्षण , कार्यवाहीकाे माग

  • असोज १०, २०७९
  • ८५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु : नेपाल प्रेस चाैतारी जिल्ला कार्यसमिति सदस्य , राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति सदस्य एवं अवधी पत्रकार संघ कपिलवस्तु कार्यसमिति सदस्य पत्रकार धनी राम काेरी माथि फाेटाे र भिडियो बनाउने क्रममा प्रहरीले दुर्यब्यवहार पत्रकार संगठनहरुले प्रेस विज्ञप्ति निकालेर कार्यवाहीकाे माग गरेका छन् । अाइतवार दिउसो ४ बजेर २० मिनेटकाे समयमा महाराजगन्ज नगरपालिका वडा नं १ बस्ने धनी राम काेरी माथि प्रहरीले श्री बुद्ध पद्य माध्यमिक विद्यालयकाे खेल मैदानमा म्यादी प्रहरी छनाेट भइरहेको स्थानमा पत्रकार काेरीलाई प्रहरीले गाली गलौज तथा दुर्यब्यहार गरेको पत्रकार धनीराम कोरिले आफ्नो फेसबुक वालबाट जानकारी गराएका छन् । प्रहरीले माेबाइल खाेसेर , दुर्ववहार र अपशब्दको प्रयोग गरेको पत्रकार कोरिले बताएका छन् । पत्रकारलाई थुन्ने , मुख फाेड्ने लगायतको धम्की सहित गाली गलाैज समेत गरेको पत्रकार धनीराम कोरिले बताएका छन् । पत्रकार धनी राम काेरी साझा टेलिभिजन , रेडियो , पत्रपत्रिका र विभिन्न अनलाइन संचार मध्यमहरुमा कपिलवस्तु जिल्ला भित्र रहेर काम गर्दै अाउनु भएको छ । सो घटनापछि प्रेस चाैतारी नेपाल र राष्ट्रिय दलित पत्रकार संघ नेपाल कपिलवस्तु शाखाले प्रेस बिज्ञप्ति जारी गर्दै घटनाम गम्भीर ध्यानाकर्षण भएको बताउदै दोषीलाइ कारबाहीको माग गरेको छ ।

May be an image of text

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१