ताजा समाचार

लाहानकाे आंशिक सडक कालोपत्रे हुदै

  • असोज १०, २०७९
  • ७५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १० । शहरी विकास तथा भवन निर्माण आयोजनाद्वारा लहान न पा काे आंशिक सडक कालोपत्रे हुने पक्का भएको छ । लहान बजार केन्द्रित सडकहरु कालो पत्रे हुँदैमा लाहान नगरपालिकाको समग्र सडक विकासलाई जोड्न नहुने स्थानियको बुझाई रहेकाे पाइन्छ । लहानकाे पर्यटन क्षेत्रको रूपमा परिचित स्थलहरू मानिक दह, देबी दह, खप्टे डाँडा, बानो लगायतको ग्रामीण भेगमा सडक मर्मतको समान्य काम पनि नभएको अवस्था रहेको पाइन्छ । लाहानको संग्रह सडक विकाशको काम नभएपनि सामान्यतया यसलाई सकारात्मक रूपमा लिनु पर्छ भन्ने कतिपयको बुझाई रहेको छ । शहरी विकास तथा भवन निर्माणको आयोजना कार्यालय,राजबिराजले लहान न.पा. भित्र विभिन्न सडक र कमर्सियल कम्प्लेक्स निर्माणको लागी रु.५०,००,०००००/- पचास करोडको टेन्डर प्रकाशन गरेको छ। बोलपत्र खोल्ने र पेश गर्ने अन्तिम मिति:- २०७९/०७/१५(1st Nov,2022)

५० कराेडकाे टेण्डरमा लहानमा निर्माण हुने याेजनाहरु :-

१. हाईवे देखि ईलाका प्रशासन जाने टाउन प्लानिङ्गकाे ६५ फिटे सडक कालाेपत्र

२. राजदेवी मन्दिर जाने विरनगर चौकदेखि मन्दिर सम्म सडक कालाेपत्र

३. ग्रामीण चौक देखि वस्तीपुर स्कुल सम्म सडक कालाेपत्र

४. हुलाकदेखि सहनी टाेल हुदै अस्पताल पछाडी सम्म सडक कालाेपत्र

५. कालाबन्जर स्कुलदेखि माेतिपुर सम्म सडक कालाेपत्र

६. नगरपालिकाकाे पुरानाे जिर्ण संरचना भत्काएर कमर्सियल कम्पलेक्स निर्माण

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤