ताजा समाचार

रोकिएन्न सिरहाको बरियारपट्टी नाकाबाट तस्करी, दिनमै सेटिङ्ग मालपास

  • असोज ७, २०७९
  • ८५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/ ७ असोज । सिरहाको दक्षिणी सिमावर्ती बरियारपट्टी नाकास्थित श्री सशस्त्र प्रहरी बल नेपाल वियोपी बरियारपट्टीबाट प्रहरीकै सेटिङ्गमा करोडौंको मालसामान वारपार हुने गरेको छ। वियोपी बरियारपट्टीका प्रहरी निरीक्षक (इन्सपेक्टर) शंकर साह ठकुरीको सेटिङ्गमा दिनदहाडै व्यापारीलाई लाइन दिई मालसामान वारपार गरेको पाइएको छ । त्यसतै इलाका प्रहरी कार्यालय बरियारपट्टीका सई ( सव इन्सपेक्टर ) रामकुमार यादव उतिकै तस्करलाई लाइन दिनमा व्यस्त हुने गर्दछन्। समग्रमा भन्दा बोर्डरमा खटिएका नेपाल प्रहरी र सशस्त्र " कमाई " को धन्दा मान्ने गर्दछन। जिरोमाईल बरियारपट्टी सडकखण्डमा चल्ने स्थानीय बसहरुमा अहिले बसभित्र र बसमाथि सरसामान हेर्दा अचम्म लाग्छन्। बरियारपट्टी नाकाबाट आज एक व्यपारीले दिनमा दुईपटक दिउँसो, साँझ गरि २ पटक तिनपाङ्ग्रे मोटरसाइकलमा आँखा अगाडि बाटै मालपास गरेका छन। यस अघि लेखिएको भदौ ३१ पछिको समाचार प्रति उक्त बरियारपट्टी नाकाका प्रहरी निरिक्षक शंकर साह ठकुरीले कुनै सुन्वाई नगरिएको र अहिले सिमानाकामा तस्करराज मच्चाइएको देखिन्छ ।

Open photo

सशस्त्र प्रहरी बल वियोपी बरियारपट्टीका प्रहरी निरीक्षक शंकर साह ठकुरी र भन्सार प्रमुख किसुन यादवको संरक्षण तथा तस्करको मिलिमतोमा अवैध मालसमान वारपार व्यापक रुपमा हुने गरेको गुनासो अहिले पनि कायमै छन । उक्त बरियारपट्टी स्थानबाट जनावर गाई, गोरु, लताकपडा चिनी, सुपारी खाटीतेलको टिना, चामल , अनेकन अवैध रुपमा भनिएका सामानहरु वारपार हुने गरेको स्थानीयहरु तथा व्यक्ति स्वयंले हेर्न र अनुमान लगाउन सकिन्छ । यो बरियारपट्टी भन्सारबाट दिनहुँ ३० जना तस्करलाई लाइन दिने गर्दछन। जसमध्ये २० महिला छन, १० पुरुष छन । उनीहरूसित महिनाबारी उठाउने गर्दछन्। बोर्डरहरुमा तस्कर घटाउन,यसलाई नियन्त्रणमा लिन माथिल्लो निकायको ध्यानजान अति नै आवश्यक देखिएता पनि, अहिलेसम्म कुनैलाई चासो देखिएको छैन । देशको सुरक्षा निकाय सुरक्षाकर्मीलाई मानिन्छ, यदि रक्षक नै भक्षक भएपछि के होलान् ? त्यसैले यस्तो प्रहरी निरीक्षक ठकुरीमाथि निकायले ध्यान अनुगमन अति आवश्यक रहेको स्थानीयहरुले बताएका छन। बरियारपट्टी, औरही, ठाडी, कुसन्डी, कजरा जिझौल जानकी नगर, माडरलगायतका भन्सारहरुबाट अहिले पनि दिनहुँ खुलेयाम तस्करी भएको हेर्न सकिन्छ । यस प्रति कुनैपनि निकायको ध्यानाकर्षण भएको छैन ।

Open photo

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤