थामी समुदायको छैठो जिल्ला अधिवेशन भ्यव्यताको तयारी पुरा

  • असोज ७, २०७९
  • ६८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज ७ । आदिबासी/जनजाती थामी समुदायको बाहुल्यता रहेको दोलखा जिल्लामा उक्त समुदायको जिल्ला अधिवेशन तयारी पूरा भएको छ । निको खाम संस्कृति धर्म त्याङ परम्परा गोमको थाङमी समाजको एतिहासिक छैठो दान सभा आप्रा लोङ्गको सभा हुन लागेको आयोजक कमिटीका विक्रम थामीले जनाएका छन् । नेपाल थामी समाज दोलखा जिल्ला शाखाको छैठो जिल्ला अधिवेशन उद्दघाटन समारोह कार्यक्रम भव्यताका साथ असाेज ८ गते हुन लागेको सन्तोष थामीले बताउनु भएको छ । दोलखाको सदरमुकाम चरिकोटको सिम्पानी हलमा आयोजित हुने कार्यक्रममा राष्ट्रका उच्च व्यक्तित्व लगायत जिल्लाका प्रमूख व्यक्तित्वहरु सहभागि हुने वुझिएको छ भने कार्यक्रममा थामी समुदायको जातिय नाच्न गान प्रस्तुत गरिनुका साथै आयोजक कमिटी द्धारा थामी समुदायको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको वुझिएको छ । राज्य पक्षबाट थामी समुदायकाे सही पहिचान हुन नसक्दा थामी समुदायको सामाजिक विकाश ओझेलमा परेको अवस्था रहेको पाइन्छ । अधिवेशनबाट प्राप्त निष्कर्षले थामी समुदायको बाहुल्यता रहेको दोलखा जिल्लामा समुदायको लागि अशल कामको सुरुवातमा सकारात्मक धारणा बाहिर आउँने आयोजक कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहा सेवा समाज कतार ...

रहमुल लहान, ३ जेठ । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ मा सामाजिक उत्तरदायित्व निर्व ...

विद्यालय सुधार योजना ...

रहमुल लहान जेठ ३ । नवराजपुर गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरूका प्रधानाध्यापक तथा ...

लहानमा विद्यार्थीहरू ...

ओम प्रकाश यादव लहान, ३ जेठ । सिराहाको लहान नगरपालिका–१५ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१