ताजा समाचार

सन नेपाल लाइफको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

  • असोज ७, २०७९
  • ९०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज ७ । धनुषाको जनकपुरधाममा सन नेपाल लाइफको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । " blood donate save life " मुख्य नाराका साथमा सन नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले जनकपुरको जनक चोकमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेकाे थियाे । सन नेपाल लाइफ इन्स्योरेन्सका जनकपुर प्रमुख नवराज चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि समाजसेवी कविर बाल आश्रम जनकपुरधामका संचालक संत कविर आलोक बाबा रहनु भएको थियो । रेडक्रस शाखा धनुषामा रगतको अभाव देखिएको अवस्थामा कम्पनी द्धारा आयोजित कार्यक्रममा दर्जनौं व्यक्तिहरुले रक्तदान गर्नु थियाे । सहभागीहरुले रक्तदान जीवन दान गर्नु भएकोले प्रत्येक तीन तीन महिनामा रक्तदान गरी स्वस्थ समाज निर्माणमा समाजिक संघ संस्था , नागरिक समाजहरुले यसप्रति आफ्ना धानाकार्षण गर्नू आवस्यक रहेको बताउनु भएको थियो । बृहत रक्तदान कार्यक्रमा करिब २२ जनाले खुल्ला रक्तदान गरेका थिए भने कार्यक्रममा धनुषा रेडक्रस रक्तसंचार सेवाका प्रमुख नारायण न्यौपाने ,समाजिक अभियन्ता बिजय कुमार मंडल ,रामकृपाल यादव ,रजनिस पान्डे ,रेखा कर्ण लगायतका व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम सप्पन्न गरिएको थियो । श्रोत सामाजिक सञ्जाल।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤