साउदी सरकारले नेपालीको सुख दुःखमा सधै हातेमालो गरेको: डा. अब्दुल गनि अल्कुफी

  • असोज ६, २०७९
  • १०१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, असोज, ६ साउदी अरब देशको ९२ औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी अरबका जनतामा सुख, समृद्धि एवम् राष्ट्र को उत्तरोत्तर प्रगतिको कामना गर्दै साउदी अरब सरकारले देशको छुट्टै पहिचानका साथ विश्वको सबै भन्दा शक्तिशाली देश बनाउनका लागि भिजन २०३० ल्याएको छ। भिजन २०३०ले देशमा अझै सुख शांति र समृद्धिका साथै विश्वमा आफ्नो छुट्टै पहिचान बनाउन सक्ने आशा बोकेको छ। र यो भिजन २०३० को प्रसंशा गर्दै सफल र सुखद रहोस कामनाका साथ लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली र राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनि अल्कुफीले अग्रिम बधाई का साथ हार्दिक शुभकामना साउदी अरब सरकारलाई व्यक्त गरेका छन। लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली ले साउदी अरबको ९२ औ नेशनल डे को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस भन्ने भाव व्यक्त गर्दै निरन्तर रूपमा साउदी अरब र नेपाल देश बिचको मित्रता अझै प्रगाढ़ हुदै जाओस भन्ने भाव व्यक्त गरे ।

राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले साउदी अरबको ९२ औ नेशनल डे को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै लाखौ नेपाली जनता लाई साउदी सरकारले दिएको रोजगारीको सरहना गर्दै शिक्षा क्षेत्रमा समेत नेपालका विद्यार्थी पढ्ने अवसर पाएकोमा साउदी सरकार र त्यहाँको जनता प्रति हार्दिक आभार व्यक्त गर्दै नेपाली जनताको सुख दुःख मा समेत साउदी सरकारको निरन्तर साथ र सहयोग रहोस साथै साउदी अरब सरकारको प्रतिनिधि हरू विभिन्न समयमा नेपाल आएर नेपाल र साउदी सरकारक बिचको सम्बन्ध झन प्रगाढ़ भएको बताए । राष्ट्रीय मदरसा संघ नेपालका संस्थापक समिम अहमद नदवी ले साउदी अरबको ९२ औ नेशनल डे को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै साउदी सरकारले नेपाल लाई कृषि, स्वास्थ्य लगायत अन्य क्षेत्रमा गरेको सहयोगको सरहना गरे । राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की , सदस्य मौलाना जहिर अहमद बरेलवी, सदस्य सहाबुद्दीन खान, सदस्य नियाज़ अहमद , सल्लाहकार जाहिर आजाद झण्डानगरी लगायतले साउदी अरबको ९२ औ नेशनल डे को उपलक्ष्यमा साउदी सरकार र त्यहाँ बस्ने सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

विपन्न दलित समुदायको ...

लहान कात्तिक २। यहाँको लहान नगरपालिका–१५ स्थित लंग्राहा मुसहरी टोलका शिवशंकर सदायका बाबुआ ...

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१