सिरहाको लोकमार्गमा राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन

  • असोज ६, २०७९
  • १०८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति सिरहामा मधेशवादी दलहरुले छुट्टाछुट्टै कार्यक्रम गरी विरोध प्रदर्शन गरेका छन् । दोश्रो पटक पनि संसदबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले सिरहामा चक्काजामसहितका छुट्टाछुट्टै   कार्यक्रम गरी विरोध गरेको छ ।जसपा र तमलोपाका नेता कार्यकर्ताले सिरहाको लहान, चोहर्वा गोलबजार लगायत जिल्लाको विभिन्न ठाउँमा प्रदर्शन गर्दै राष्ट्रपति भण्डारीको पुतला जलाएका छन् ।छुट्टाछुट्टै विरोध प्रदर्शन गर्दै सिरहाको गोलबजारमा राष्ट्रपति भण्डारीको पुतला जलाउँदै माऔबादि निकटअखिल क्रान्तिकारी बिद्यार्थी संगठनका कार्यक्रताहरुले प्रदर्शन गरेको छ । जसपा र तमलोपाले राजीनामा माग गरेका छन् ।लोसपाले सिरहाको लहान, कसहा चोकमा एक घण्टा चक्काजाम गरी विरोध जनाएको छ । राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेको भन्दै लोसपाले राजीनामा समेत माग गरेको छ ।लोसपा सम्बद्ध लोकतान्त्रिक युवा संघले राष्ट्रपतिले राजीनामा नदिए चर्को आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टीको केन्द्रीय सर्कुलर अनुसार मधेश प्रदेश लगायत अन्य प्रदेशहरुमा समेत जुलुस प्रदर्शन गरेको छ । मधेशवादी दलले संविधान जारी भए देखिनै विरोधका विभिन्न कार्यक्रम गर्दै आइ रहेका छन् ।   

विगतमा सरकारले संविधान दिवसको अवसरमा दीपावली मनाउने घोषणा गरेसंगै मधेशवादी दलले व्लैक आउटको घोषणा संगै मधेश भर व्लैक आउट गरेर संविधानको विरोध गरेका थिए । संविधानलाई स्वीकार गरेपनि संशोधन गर्नुपर्ने माग गर्दै संविधान जारी भएको २०७२ साल देखिनै विरोधका कार्यक्रमहरु गर्दै आएका छन् । संविधान जारी हुँदा तत्कालीन सरकारले दीपावली मनाउने घोषणा गरेका दिन संविधान जलाएर विरोध गरिएको थियो । त्यो विरोधलाई साम्य पार्नका लागि प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान समेत गएको थियो । २०७२ साल देखी निरन्तर संविधान संशोधन, नागरिकता लगायतका मुद्दालाई लिएर आन्दोलन गरिरहेका मधेशवादी दलका एक घटक लोसपाले माग सम्बोधन गराउन तत्कालीन केपी शर्मा ओलीको नेतृत्वमा १८ दिनकालागि मन्त्रिमण्डलमा समेत सहभागी भएको थियो । 

प्रतिक्रिया दिनुहोस

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

कपिलवस्तु क्षेत्र नं ...

धर्मेन्द्र कुमार कुर्मी, विजयनगर  कपिलवस्तु चैत २४ । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सद ...

लहानमा ट्राफिक प्रहर ...

रहमुल, लहान २३ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक श ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१