Siraha Times
ताजा समाचार

साहसका धनि निर्दोषी

  • असोज ६, २०७९
  • ८०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज ६ । नेपालको राजनीतिक इतिहासमा घटिरहेको यथार्थ चित्रन गर्दै परिस्थितिको खुलेर बिरोध गर्न सक्ने आँटिला यूवा व्यक्तित्व हुन् राम निर्दोषी । राजनितिक चिन्तन अनि विश्लेषकको रूपमा परिचित बन्दै गएका निर्दोषीले समाजका तिता मिठा क्षणलाई खुलेर बिरोध गर्न सक्ने अदम्य साहस भएका अशल व्यक्ति मानिन्छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता बिधेयक पारित नगरेपछि असन्तुष्ट बनेका आम मधेशी जनता जो नेकपा एमाले निकट भएर उक्त पार्टीमा मरिमेटेका छन् ती मधेशी जनतालाई पार्टीको रवैयाको समयमा खुलेर बिरोध गर्न आफ्ना फेस बुक मार्फत निर्दोशीले भनेका छन् । मधेस अनि मधेसीको बारेमा ठूला ठूला भाषण दिएर चर्का नारा लगाउँदै आएका नेकापा एमालेको पार्टीबाट जनतालाई विश्वास घात हुँदा पनि आवाज नउठाउने एमाले पार्टी भित्रका मधेशीहरुले आवाज नउठानु चिन्ताको विषय बनेको अवस्था रहेको पाइन्छ । वास्तवमा दुई पटक प्रतिनिधि सभाको बैठकबाट पारित नागरीकता बिधेयक राष्ट्रपतिबाट अनुमोदन नहुनु चिन्ताको विषय पक्कै पनि हो । यस्तो अवस्थामा खुलेर परिस्थितिको खयाल गर्दै जनतालाई सचेत गराउने निर्दोषी सहासी युवाको रूपमा परिचित रहेका छन् भने उनको साहासिक यात्राले आम धनगढीबासी खुसी भए देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१