ताजा समाचार

पर्यटन क्षेत्रको रूपमा मानिकदह

  • असोज ५, २०७९
  • १५२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज ५ । सिरहा जिल्लाको उत्तरी पूर्वी भेकमा अवस्थित अर्थात् लहान न.पा वडा न.पा.२४ साबिक मलहनमा गोबिन्दपुर गाबिसको धरोहर, पहिचान, स्वाभिमानको रुपमा प्रख्यात मानिकदह धार्मिक, पर्यटकीय गन्तव्यको रूपमा परिचित रहेको छ । प्राचीन कालमा मैसोथा राज्यको राजा श्री सलहेशले आफ्नो दैनिकी कार्यको क्रममा मानिकदहमा स्नान गर्न आउथे । स्नान गरेर उनि आफ्नो धार्मिक सांस्कृतिक कार्यसँगै पुजा पाठ गरी राज्य संचालनका कार्यमा जाने गरेको जनविश्वास रहेकाे पाइन्छ । मानिकदह एउटा विशाल तालकाे रूपमा रहेको पाइन्छ । पोखरीको पश्चिम डिलमा राजा श्री सलहेश सहित माता मालिनिको मन्दिर, भगवती मन्दिर, ग्रामदेबता श्री डिहवार/डिहबारनी मन्दिर, लगायत मानिक सरदार गहबर पनि रहेकाे छ । उत्तरी क्षेत्रमा जङ्गल तथा सानो दलित बस्ती साथै मानिकदह बजार पनि छ। हरेक बर्ष बैशाख १ गते नयाँ बर्षको दिन भब्य मेला लाग्ने गर्छ यस ठाउँमा । यस ठाउँमा लाग्ने मेलामा देश तथा बिदेशबाट लाखौको संख्यामा आएका पर्यटकहरूको ठूलो भिड लाग्ने गर्दछ । यस क्षेत्रमा पर्यटनको विकास गर्ने हो भने बार्षिक आय करोडौँ हुन्छ तर यो क्षेत्रको सुधार गर्न कुनै सरकारी निकायलाई कुनै चासो नदेखिएको कारण पर्यटन विकास ओझेलमा परेको अवस्था रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤