ताजा समाचार

फोटो पत्रकारिता अवार्ड २०२२ बाट राम सर्राफ सम्मानित हुने

  • असोज ३, २०७९
  • १०७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा ३ असोज नेपाल फोटो पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष राम सर्राफ काठमाडौंमा सम्मानित हुने भएका छन् । राष्ट्रिय फोटो पत्रकार समूह नेपाले रजत जयन्ती सम्मान तथा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२ का अवसरमा सर्राफलाई सम्मान गर्न लागेको हो । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे, नेपाल) ले २५ औँ वर्ष पूरा गरेको अवसरमा काठमाण्डौमा यही असोज ६ गते आयोजना गर्ने रजत जयन्ती तथा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२ को चौथो संस्करणमा सर्राफ सम्मानित हुने भएका हुन् फोटो पत्रकारहरुले खिचेका लकडाउनका तस्बिरहरु समावेश गरेर ‘लकडाउनमा नेपाल’ नामक स्मारिका फोटो पुस्तक प्रकाशन गर्ने योजना पनि रहेको समूहका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

फोटो पत्रकारितामार्फत राष्ट्रलाई दिएको अतुलनीय योगदान र संस्थालाई पु-याएको सहयोगको कदरस्वरुप विशेष सम्मान २०२२ सर्राफलाई अर्पण गर्ने निर्णय गरेको पनि अध्यक्ष वन्तले जानकारी दिए । दुई दशकभन्दा लामो समयदेखि फोटो पत्रकारितामा सक्रिय सर्राफ नेपाल फोटो पत्रकार संघका संस्थापक हुँदै पर्सा शाखा उपाध्यक्ष, मधेश प्रदेश अध्यक्ष भएर केन्द्रीय उपाध्यक्षसमेत भइसकेका छन् । २०६० सालसम्म वीरगन्जबाटै प्रकाशित अंकुश दैनिकमा छापीने सर्राफको फोटो त्यसपछि अन्नपुर्ण पोस्टमा पनि प्रकाशन हुन थालेको थियाे । त्यसपछि सर्राफले खिचेका फोटोहरु राष्ट्रियदेखि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत प्रकाशन भइसकेका छन् । नेपाल भरीमै मोफसलबाट फोटो पत्रकारको रुपमा नियुक्ती पाउने पहिलो व्यक्ति पनि सर्राफ नै हुन् । सर्राफ हाल द हिमालयन टाइम्समा आवद्ध छन् । उनी वीरगञ्जबाट १ दशकदेखि सञ्चालित यात्रा डेली डटकम अनलाईनका प्रबन्ध निर्देशक समेत हुन्

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤