धनगढीमाई नगरपालिकाले मनाए विश्वकर्मा पूजा

  • आश्विन १, २०७९
  • ६४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असोज १ । धार्मिक सांस्कृतिक महत्त्वका बीच हरेक बर्ष विश्वकर्मा पूजा धूम धामका साथ आज देशभरी मनाउँदै छ । हरेक चाड–पर्वको आ–आफ्नै महत्त्व र विशेषता हुनुका साथै धार्मिक, सांस्कृतिक, आदर्शका बीच सामाजिक परम्परा अनुसार पूजा आजा गर्ने गरिन्न्छ । यस दिन सबै कार्यस्थल, कारखाना, कम्पनी आदिमा सबै मेसिन र औजारहरुको पूजा गर्ने गरिएको छ । भनिन्छ, भगवान विश्वकर्मा एक देवता थिए, जसले ब्रम्हान्डको निर्माण गरेका थिए । उनी भगवान ब्रम्हाका पुत्र थिए र ईश्वर रहने सबै स्थानको निर्माण उनै विश्वकर्माले गरेका थिए भन्ने आम मान्यता छ । ईश्वरको उड्ने खालका विमान र सबै प्रकारका शस्त्र पनि विश्वकर्माले बनाएका थिए ।( श्रोत सामाजिक सञ्जाल ) रामायणमा वर्णन गरिएअनुसारको रावणको सुनको लंका विश्वकर्माले नै बनाएका थिए । भगवान शिवले पार्वतीसँग विवाह गरेपछि विश्वकर्माबाट सुनको लंका निर्माण गर्न लगाए । शिवले रावणलाई गृह पूजनका लागि बोलाए । पूजा पश्चात रावणले भगवान शिवसँग दक्षिणाको रुपमा सुनको लंका मागे । त्यसैले शिवले सो लंका रावणलाई दिएका थिए । सीताको खोजीमा लंका जादा हनुमानले उक्त सुनको लंका जलाइदिएका थिए । त्यसपछि फेरि रावणले विश्वकर्मालाई बोलाएर सुनको लंकाको पुनर्निर्माण गराएका थिए । श्रोत (सामाजिक सञ्जाल)

उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । इन्द्रप्रस्थ जुन महाभारतका पाण्डवको भव्य महल थियो, द्वारका भगवान कृष्णको नगरी थियो । पुष्पक विमानको निर्माण पनि भगवान विश्वकर्माले नै गरेको विभिन्न ग्रन्थमा उल्लेख छ ।( श्रोत सामाजिक सञ्जाल)  यसका अतिरिक्त देवताहरुको दैनिक उपयोगमा आउने समानहरु पनि उनले नै बनाएका थिए, कर्णको कुण्डल, विष्णु भगवानको सुदर्शन चक्र, शंकर भगवानको त्रिशूल र यमराजको कालदण्ड आदि ।( श्रोत सामाजिक सञ्जाल) विश्वकर्मा पूजाको अवशरमा सिरहाको धनगढीमाई नगरपालिकाले नैनपुर अस्पताल परिसरमा पालिकाका सबै सवारी साधन लगाएत पालिकाको गाडीहरु भेला गरी पूजा आजा गरेका छन् । पूजा गर्दै आएका जिन्सी शाखाका प्रमूख सम्पैत यादवले पालिकाको गाडीहरुलाई निष्ठापूर्वक आज बिहान पूजा पाठ गरिएको बताउनु भएको छ । पालिकाको सवै गाडीहरु एक ठाउँमा भेला पारी धूम धामका साथ पूजा गरिएको स्थलगत रिपोर्टिङ बाट परीक्षार्थी पत्रकार अर्थात् फोटो पत्रकार हेम प्रसाद पासवानले जनाएका छन । श्रोत सामाजिक सञ्जाल  

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१