गौशाला न.पा.मा पानीमा डुबेर एक पुरुषको मृत्यु

  • भदौ ३१, २०७९
  • १०२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

गौशालाः महोत्तरीको गौशालामा एक पुरुषको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । गौशाला नगरपालिका वडा नम्बर १२ स्थित जंगलको छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी ४५ वर्षिय रत्न बहादुर राणा रहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । राणाको हिजो नै खाल्डो डुबेर मृत्यु भएको आशंका गरिएको छ र निज मृतको घटनाबारे अनुसन्धान भई रहेको प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला प्रादेशिक अस्पताल जलेश्वर पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१