ताजा समाचार

रूपन्देहीमा व्यापारी द्वारा विरोध प्रदर्शन

  • भदौ ३१, २०७९
  • ७७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भैरहवा । ऋणकाे प्रेसरले प्राण त्याग गरेका न्युराेड काठमाण्डाैंका व्यापारी सुदर्शन घिमिरेकाे घटनालाइ लिएर रूपन्देहीमा प्रदर्शन गरिएकाे छ । ऋणमा रहेका व्यापारीकाे सामान चीनियाँ नाकामा राेकिएपछि ऋण तिर्न व्यावहार बिग्रियाे भन्दै न्युराेड रञ्जना मलमा व्यापार गर्दै आएका व्यापारी घिमिरेले गरेकाे आत्महत्या घटनामा चीन सरकार विरूद्ध नारावाजी गर्दै लुम्बिनीमा व्यापारीहरूले प्रदर्शन गरेका हुन् ।चीनीयाँ नाका बन्दीका कारण व्यापारी घिमिरेले ज्यान गुमाउनु परेकाे भन्दै स्थानीय व्यापारीहरूले चीन सरकारकाे विराेध गर्नुका साथै नेपाल सरकारबाट क्षतिपुर्तिकाे माग गरेका छन् । चीन सरकार मुर्दाबाद, सरकार क्षतिपुर्ति देउ लगायतका नारा लगाएका थिए । चीन सरकारबाट स्वर्गीय घिमरेकाे परिवारलाइ क्षतिपूर्ति दिनुपर्ने मांग गरिएकाे थियाे ।

नेपालका बैंकबाट लिएकाे ऋण र व्याज बुझाउन बैंकहरूकाे ताकेताले तनाव दिइरहेकाे बेला घिमिरेले चीनबाट ल्याउदै गरेकाे व्यापारका केही सामानहरू चीनिया नाकामा राेकिएपछि उनकाे आर्थिक काराेबार ठप्प हुन पुगेकाे थियाे । काराेबारलाइ सकृय बनाउन अप्ठ्यारा झेल्दै गरेका घिमिरेले सहकारीमा राखेकाे निक्षेप पनि सहकारीले दिन नमानेपछि उनले निकास नपाइ ऋणकाे प्रेसरले प्राण त्याग गरेकाे व्यापारीहरूकाे भनाइ छ ।यस अवस्थामा नेपाल सरकारले समेत व्यापारीका लागि केही गर्न नसकेकाे व्यापारीकाे गुनासाे छ । आर्थिक मन्दी झेलिरहेका व्यापारीलाइ सरकारले नीतिगत रूपमा भएपनि सहयाेग गर्नुपर्ने बेला आएकाे बताइएकाे छ । व्यापारीलाइ बचाउने दिन आएकाे अवस्थामा सरकार निरिह बनिरहेकाेले सरकारले व्यापारी बचाउ अभियान थाल्नुपर्ने माग समेत गरिएकाे छ ।

लुम्बिनीकाे खुनगाइंमा स्थानीय व्यापारीद्वारा आयाेजित विराेध प्रदर्शनमा शिव कहार, गौतम धवल, उपेन्द्र कुर्मी, शिवपाल, आशीष मौर्या, राजकुमार, अमर, श्याम लगायत सयाैंकाे सशक्त उपस्थिती रहेकाे थियाे ।सभार आनलाइन जनता डटकम l

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤