ताजा समाचार

दूर संचार कार्यालय सिरहा वनमारा घारीमा परिणत निकाय मौन

  • भदौ २९, २०७९
  • ७६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै २९ । सिराहा जिल्लाको सदरमुकाम सिरहामा रहेको दूर संचार कार्यालय यतिबेला वनजंगलमा परिणत भएको छ । कार्यालय परिसरमा रहेको भवनहरू जीर्ण बन्दै वरिपरि वनमारा घारीले घेरिदा पनि दूरसञ्चार कार्यालय सिराहा एकापसमा दोषारोपण गरिरहेका छन् । कार्यालयको मुख्य गेटमा थुप्रिएको फोहोर अनि कार्यालय परिसरमा रहेको हरियो झारपातले गर्दा कार्यालय हो कि कुनै साधुको आश्रम सहजै छुट्याउन मुश्किल पर्ने अवस्थामा रहेको दूरसञ्चार कार्यालयको सरसफाई सम्बन्धमा लहानको दूरसञ्चार कार्यालयमा समपर्ग गर्दा सिरहाको दूरसञ्चार कार्यालयलाई बजेट दिएको तर पनि सरसफाई नगरेको बताइरहँदा यता सिराहा दूरसञ्चार कार्यालय प्रमुखले आफूहरुले पटक पटक सरसफाइको लागि तागेदा गर्दा पनि सुनुवाई नहुँदा हामी विवश भएर वनमा बस्नुपरेको बताएका छन् ।

सदर मुकाम सिरहामा रहेको दूर संचारको अवस्थाप्रती जिल्ला स्थित निकायहरु एकातिर मौन दर्शक बनिरहेका छन् भने अर्कोतिर बजेट निकासा गर्दै पचाउन पल्केका कर्मचारीहरुको चरम लापरवाहीका कारण यतिबेला त्यहा स्थित कर्मचारीहरू विषालु सर्प लगायतका किरा फट्याङ्ग्राको जोखिम मोल्दै कार्यालय चलाई रहेका छन् । कार्यालयको परिसरमा चारैतिर वनमारा घारी रहेको अवस्था रहेको हुनाले समयमा निकायले ध्यान केन्द्रित नगर्दा संभावित जोखीम बढ्न सक्ने अवस्था रहेको हुनाले समयमा सरसफाई कार्यक्रम सञ्चालन अाजको आवश्यकता रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤