ताजा समाचार

सार्थक जीवन - कबिता

  • भदौ २६, २०७९
  • १४९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

✍️ घृणा गरेर के गर्नु माया गरेर हेर्नु यसमा के मिठास छ।

 मनको सुन्दर सिंहासनमा जगदिश्वर को बास छ ।

दानवतालाई त्यागेर मानवता बनेर हेर्नू यसमा के मिठास छ।

मनको सुन्दर सिंहासनको छेउमा अहंकारी रावणको बास छ ।

घृणा गरेर के गर्नु माया गरेर हेर्नु यसमा के मिठास छ ।

मनको सुन्दर सिंहासनमा जगदिश्वर को बास छ ।

बेइमान बनेर के गर्नु परोपकारी बनेर हेर्नू ,यसमा के मिठास छ।

दुराचारीलाई दुर भगाइ सत्कारी बनेर हेर्नू , यसमा के मिठास छ।

मनको सुन्दर सिंहासनमा जगदिश्वर को बास छ।

 मानव मानव एक हौ हामी मानवताले सिकाउछ।

मानव मानव मा भेदभाव दानवताले सिकाउछ।

पीडा दिएर के गर्नु पीडा सहेर हेर्नू यसमा के मिठास छ।

मानवताको पाठ सिकाउने हाम्रा पुर्वज को ईतिहास छ।

घृणा गरेर के गर्नु माया गरेर हेर्नू यसमा के मिठास छ।

 मनको सुन्दर सिंहासनमा जगदिश्वर को बास छ।

एक्लै भएर के गर्नु संगठित भएर हेर्नू यसमा के मिठास छ।

हाम्रा आउने सन्ततिहरुको हामी माथी नै आस छ।

मनको सुन्दर सिंहासनमा जगदिश्वर को बास छ ।

दीन ,दु:खी हरुलाई माया गरेर हेर्नू यसमा के मिठास छ।

मर्यादाको पाठ सिकाउने श्री रामचन्द्र जी को पनि बनवास छ।

घृणा गरेर के गर्नु माया गरेर हेर्नू यसमा के मिठास छ।

मनको सुन्दर सिंहासनमा जगदिश्वर को बास छ।

✍️ लेखक : राज कुमार साफी

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤