ताजा समाचार

युवा नेता तथा समाजसेवी प्रदीप दाहालको धार्मिक सांस्कृतिक महत्वका पर्व ईन्द्र पुजामा चासो

  • भदौ २५, २०७९
  • ११२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै २५ । वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा मनाइने ईन्द्र पुजा देशका मधेश लगायत अधिकांश भागमा धुमधामका साथ मनाइन्छ । पुराणमा उल्लेख भएनुसार प्राचिन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागे । त्रीदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजाआजा गरी इन्द्रलाई हस्तान्तरण गरे । यसरी विभिन्न देवगणले हस्तान्तरण गरेको ध्वजा इन्द्रले समातेकाले त्यस ध्वजालाई 'इन्द्रध्वजा' भनियो । देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पायो । भदौ शुक्लपक्ष चौठी तिथिका दिन प्रत्येक वर्ष मनाईने यो पूजा आकर्षक मूर्तिहरूको स्थापना गरेर पूजा मनाउने चलन रहेको पाइन्छ । इन्द्र पूजाको अवसरमा विभिन्न प्रकारको सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिन्छ । वर्षा एवं सहकालका देवताको रुपमा रहेको इन्द्र पूजाका दिन वर्षा हुने जनविश्वास रहिआएको पाइन्छ । आजभोलिको आधुनिक समाजमा गाउँ टोलमा भगवान इन्द्रको प्रतिमा स्थापना गरेर विधिपूर्वक पूजापाठ गर्नाले समयमा वर्षा हुने र बाली नाली अशल हुने जनविश्वासका साथ यो पूजा धुमधामका साथ मनाइन्छ । ईन्द्र पुजाको अवसरमा नाच गान गर्नाले एकातिर मनोरञ्जन हुने देखिन्छ भने अर्कोतिर भगवान खुशी भई अत्यधिक वर्षा गराउने विश्वासका कारण समाजमा सहयाेग रकम उठाएर पनि निष्ठापूर्वक पूजा गरिन्छ । पहिले पहिले काठमाण्डौमा मात्र सीमित यो पूजा अहिले तराईका जिल्लाहरुमा पनि मनाइन्छ ।

पुजाको अघिल्लो दिन ईन्द्र लगायत अन्य देउताहरुको मूर्ति स्थापना गरेर अस्थायी प्रकृतिका मन्दिर बनाई रातभरि जाग्राम बस्ने चलन रहेको पाइन्छ । सिरहाको धनगढीमाई नगरपालिका वडा न १२ को ठटिया बस्ती स्थित वरपिपलमा स्थानिय युवा नेता तथा समाजसेवी प्रदिप दाहालको अध्यक्षतामा एक पूजा कमिटी गठन गरेर करिब तीन वर्ष पछि ईन्द्र पूजा मनाउने योजना बनाइएको हो । पुजाको अवसरमा उक्त ठाउँमा सरसफाई गरिएको छ भने सांस्कृतिक कार्यक्रमको लागि स्टेज एक दिन अगावै तयारी अवस्थामा राखिएको आयोजक कमिटीका अध्यक्ष प्रदिप दाहालले बताए । स्थानिय बुद्धिजीवी तथा राजनितिज्ञ व्यक्ति पुनम महतोका अनुसार ईन्द्र पुजाको अवसरमा आयोजित कार्यक्रम शान्तिपूर्ण रहनको लागि आफूहरु पूजा स्थलमा खटिएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤