ताजा समाचार

धोबिनी र कालिकामाइ गाउँपालिकाका जनप्रतिनिधिहरुलाई भूमि आयोग पर्साद्वारा अभिमुखीकरण

  • भदौ २४, २०७९
  • १३३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया २४ भदौ पर्साको कालिकामाई र धोबिनी गाउँपालिकामा भूमि सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा गाउँपालिकाका जनप्रतिनिधीहरुलाई अभिमुखीकरण दिइएको हो । ‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले अभिमुखीकरणको आयोजना गरेको आयोगका अध्यक्ष अहमदले बताए । भूमिहिन, सुकुम्बासी, दलित एवम् अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र आयोगका सदस्य सुरेन्द्र सिंहले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । सोही अवसरमा भूमि सम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिती गठन गर्ने निर्णय पनि गरिएको छ ।

आयोगका अध्यक्ष अहमदका अनुसार पालिकामा राष्ट्रिय भूमिहिन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि भएको छ । वडामा सहजीकरण समिती र पालिकामा सेवा केन्द्र स्थापना गर्न कालिकामाई र धोबिनी गाउँपालिका अध्यक्षद्वय क्रमश बशिष्ट कुमार गुप्ता र मदन प्रसाद चौहान पनि सकरात्मक देखिन्छन् । भूमिहिन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पालिकाबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्षद्वयले भूमि आयोगका कामलाई सहयोग गर्ने बताए । अभिमुखीकरणमा नारायण श्रेष्ठ, हिमाल गौतम, कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ता, उपाध्यक्ष राजमती बरैनी, पाँच वटै वडाका वडाअध्यक्षहरु व्डा सदस्यहरुको उपस्थिती रहेको थियो । त्यस्तै धोबिनी गाउँपालिकामा पालिका अध्यक्ष मदन प्रसाद चौहान, उपाध्यक्ष मञ्जु देवी, वडाअध्यक्ष, वडा सदस्य लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤