ताजा समाचार

हेरा शैक्षिक तथा मानवीय सेवा समाज द्वारा १५० विद्यार्थी लाई झोला तथा प्रमाणपत्र वितरण

  • भदौ २४, २०७९
  • १२०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर , भाद्र २४ कपिलवस्तुको कृष्णनगर नगरपालिकामा रहेको सिराजुल उलुम मदरसाको हलमा एक कार्यक्रमका बिच मदरसामा अध्ययनरत १५० विद्यार्थी लाई हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा झोला तथा प्रमाणपत्र वितरण गरिएको छ l कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको सिराजुल उलुम मदरसाको हलमा स्लामिक धर्मको ज्ञान दिने , शैक्षिक प्रशिक्षण तथा अरबी भाषामा कसरी निपूर्ण हुने उद्देश्यका साथ सेपटेम्बर ५ देखि ८ तारिख सम्म ऐ रिफरेसर कोर्स सम्बंधि विद्यार्थी लाई प्रशिक्षण दिइएको छ l उक्त प्रशिक्षण कार्यक्रममा विभिन्न वक्ता हरूले विभिन्न बिषयमा मदरसाका विद्यार्थी हरूलाई प्रकाश पारेका थिए l विहिवार भएको समापन कार्यक्रमको प्रमुख अतिथि जामिया सिराजुल उलुम मदरसाका अध्यक्ष समिम अहमद नदवी रहेका थिए उनलाई आज शैक्षिक तथा धार्मिक क्षेत्रमा गरेको योगदानको कदर स्वरूप हेरा शैक्षिक तथा मानवीय सेवा समाजले सम्मान समेत गरेको छ l नदवीले मदरसाका विद्यार्थी लाई झोला तथा प्रमाणपत्र वितरण गरेका थिए l

हेरा शैक्षिक तथा मानवीय सेवा समाजले नेपाल भित्र शिक्षा स्वास्थ्य तथा रोजगारको क्षेत्रमा बर्षो देखि सराहनीय कार्य गर्दै आएको कुरा प्रशंसनीय रहेको लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष तथा जामिया सिराजुल उलुमका प्रवक्ता मौलाना मशहुद खां नेपाली ले बताए l कहिले गरिब परिवारमा खाद्यान्न वितरण, कहिले विद्यार्थी हरूलाई शैक्षिक सामाग्री वितरण लगायत अन्य सहयोग समाजमा अफूहरू गरिरहने हेरा शैक्षिक तथा मानवीय सेवा समाजका अध्यक्ष शैख जैस मक्कीले बताए l कार्यक्रममा शैख अब्दुल रशिद मदनी, अरशद राशिद मक्की, इरसाद रशिद मक्की, खालिद रशीद सिराजी, अबरार अहमद मक्की, मदरसा खदिजुल कुबराका अध्यक्ष मौलाना अब्दुल अजिम मदनी ले विद्यार्थी हरूको उज्जवल भबिस्यको कामना गर्दै आ आफ्नो मन्तव्य दिएका थिए l

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤