ताजा समाचार

वीरगंजको माईस्थानमा आलोक ज्वेलर्स सुन चाँदी पसल संचालनमा

  • भदौ २३, २०७९
  • १०७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज २३ भाद्र : नयाँ आधुनिक तथा परम्परागत, गुणस्तरिय, सुपथ मुल्यमा सुन चाँदीका गर गहना तथा सामान उपलब्ध गराउने उद्धेश्यले वीरगंजमा आलोक ज्वेलर्स सुन चाँदी पसल संचालनमा आएको छ । करिब १२ बर्ष सामुहिक सुन व्यवसाय गर्दै आएका वीरगंज ०७ , रामटोल निवासी सागर सर्राफले वीरगंजको माईस्थान स्थित २ नं रोड जाने बाटोमा उक्त ज्वेलर्स संचालनमा ल्याएका हुन् । लामो समय कामको अनुभव, सबै शुभेच्छुक , भाई तथा इष्टमित्रको राम्रो सहयोग हुने विश्वासका साथ आफुहरुले पनि एकल रुपमा नयाँ ढंगले सुन तथा चाँदीको व्यवसायलाई अघि बढाएको संचालक सर्राफले जनाए ।

आफुहरुले पुराना गर गहना साटफेर, खरिद बिक्रि, काँचो सुन किन बेच, २१/२२ क्यारेडको रेडिमेट सामान, चाँदीका भाँडा, पत्थर जडित लगायतका सामानहरु उपलब्ध गराउने भएको उक्त पसलका प्रबन्ध निर्देशक युवा व्यवसायी सागर सर्राफले बताए । प्रत्यक्ष रुपमा हाल २ जना कर्मचारीले रोजगार पाएको उक्त पसलमा अप्रत्यक्ष रुपमा करिब ४ जना आबद्ध भएको उनले जनाए । उक्त पसल संचालन गर्दा हाल करिब २५ लाख रुपैया लगानी भएको ज्वेलर्सले जनाएको छ । आलोक ज्वेलर्सको उदघाटन युवा व्यवसायी सागर सरार्फका आमा बुबाले रिबिन काटेर उदघाटन गरेका थिए। उक्त समारोहमा युवा नेता समाजिक अभियन्ता ओमप्रकाश सरार्फ, वडा न .६ का वडा अध्यक्ष जयप्रकाश साह(अग्रवाल ) , संचारकर्मी रंजित चौरसिया र परिवारका सदस्यहरुको विशेष उपस्थित रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤