Siraha Times
ताजा समाचार

पतञ्जलि योगको लागि भेटबार्ता

  • भदौ २२, २०७९
  • ९३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै २२। सिराहाको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो र पतञ्जलि योग प्रतिनिधिविच भेटवार्ता भएको छ ।पतञ्जलि याेग समिति नेपालको प्रतिनिधि टिम र धनगढीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतो विचको विशेष संवाद र भेटघाटमा आगामी दशै तिहारपश्चात् नगरपालिकाको आर्थिक व्यवस्थापनमा नगरस्तरीय भब्य योग शिविर आयोजना गर्ने,योगयुक्त पालिका निर्माण हेतु एक विशेष कार्याशाला गोष्ठीको आयोजना गरि आगामी योजना तय गर्ने,सिटिईभिटीबाट सम्बन्धन प्राप्त आधारभूत योग प्रशिक्षण तालीम कार्यक्रममा सह्भागिताको लागि नगर भित्रका विद्यालयहरुलाई केही समय पश्चात् गठन गरिने शिक्षा समिति मार्फत पत्राचार गरि अनुरोध गरिने सहमति गरिएको छ ! मेयर शिविशंकर महतो संगको संवादमा पायोस नेपालका केन्द्रीय महासचिव नबराज काफ्लेबाट नगरप्रमुखज्युलाई योगयुक्त पालिकाको अवधारणा पत्र हस्तान्तरण गरिरहदा,प्रदेश नं. २ का अध्यक्ष गङ्गा प्र. यादव,प्रदेश कोषाध्यक्ष,सदस्यज्युहरु लगाएतको सहभागीता रहेको थियोे ! धनगढीमाई नगरपालिकामा योग प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भनिएको खवरले आम नगरबासीमा खुशी लागेको स्थानियलाई उदृत गर्दै हेम्प्रसाद पासवानले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१