पतञ्जलि योगको लागि भेटबार्ता

  • भदौ २२, २०७९
  • ७९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै २२। सिराहाको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो र पतञ्जलि योग प्रतिनिधिविच भेटवार्ता भएको छ ।पतञ्जलि याेग समिति नेपालको प्रतिनिधि टिम र धनगढीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतो विचको विशेष संवाद र भेटघाटमा आगामी दशै तिहारपश्चात् नगरपालिकाको आर्थिक व्यवस्थापनमा नगरस्तरीय भब्य योग शिविर आयोजना गर्ने,योगयुक्त पालिका निर्माण हेतु एक विशेष कार्याशाला गोष्ठीको आयोजना गरि आगामी योजना तय गर्ने,सिटिईभिटीबाट सम्बन्धन प्राप्त आधारभूत योग प्रशिक्षण तालीम कार्यक्रममा सह्भागिताको लागि नगर भित्रका विद्यालयहरुलाई केही समय पश्चात् गठन गरिने शिक्षा समिति मार्फत पत्राचार गरि अनुरोध गरिने सहमति गरिएको छ ! मेयर शिविशंकर महतो संगको संवादमा पायोस नेपालका केन्द्रीय महासचिव नबराज काफ्लेबाट नगरप्रमुखज्युलाई योगयुक्त पालिकाको अवधारणा पत्र हस्तान्तरण गरिरहदा,प्रदेश नं. २ का अध्यक्ष गङ्गा प्र. यादव,प्रदेश कोषाध्यक्ष,सदस्यज्युहरु लगाएतको सहभागीता रहेको थियोे ! धनगढीमाई नगरपालिकामा योग प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भनिएको खवरले आम नगरबासीमा खुशी लागेको स्थानियलाई उदृत गर्दै हेम्प्रसाद पासवानले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

एनआरएनए एनसीसी कतारक ...

रामएकवाल राम दोहा , कतार :- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११ औ राष्ट्रिय एकत ...

कतारमा पत्रकार रामएक ...

दोहा, कतार - वैदेशिक रोजगारीसँगै दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिराहाका पत्रकार रामएकवाल राम उत ...

लक्ष्मीपुर पतारी गाउ ...

ओम प्रकाश यादव लहान साउन १० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाले विकास र सुशासनका क्ष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१