ताजा समाचार

समाज सेवी युवा अब्दुल्लाह देवान को अध्यक्षतामा हेटौंडा ९ कर्रा अवस्थित मुस्लिम चिहान (कब्रस्थान)को संरक्षण समिति गठन

  • भदौ २१, २०७९
  • १२३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

हेटौंडा उपमाहानगरपालिका ९ कर्रा मा अवस्थित मुस्लीम समुदायको चिहान (कब्रस्थान) को संरक्षण को लागि संरक्षण समिति गठन गरिएको छ। मङ्गलबार मुस्लीम युवा समाज द्वारा आयोजीत साधारण भेला कार्यक्रम मा हेटौडा वडा नं ९ का जन प्रतिनिधि विष्णु थापा मगर को आतिथ्य मा ८९ जना को उपस्थिती भेला ले अब्दुल्लाह देवान को अध्यक्षता मा ११ जना को कार्यसमिति गठन भएको छ। कब्रस्थान को संरक्षण न हुँदा र कब्रस्थान प्रति ध्यान न दिएकोले उक्त कब्रस्थान लागुपार्थ सेवन गर्ने गजेडी युवा हरुको थलो बन्न पुगेको गुनासो स्थानिय बासी द्वारा आएकोले अब देखि त्यस्तो नकरात्मक कार्य रोकी जीर्ण अवस्थामा रहेको कब्रस्थान लाई सही ढंगले व्यवस्थापन गर्न संरक्षण समिति गठन गरिएको कार्य समितिका नवनिर्वाचित अध्यक्ष अब्दुल्लाह देवानले बताएका छन्। कब्रस्थान संरक्षण कार्य समितिको अध्यक्ष मा समाज सेवी युवा अब्दुल्लाह देवान, उपाध्यक्ष मा सैयद्दिन मिया, सचिव अनवर हुसैन, कोषाध्क्ष मञ्जिता कार्की सफीक,र त्यस्तै सदस्यमा हबीब मिया,सलिम अन्सारी,आलम गिर मन्सुरी,मो.अफताब,रुस्तम मिया अन्सारी सर्वसहमतिले चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤