निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्रसंघलाई विद्यार्थीले हस्ताक्षर बुझाए

  • पुस ९, २०७५
  • ५३३ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

काठमाडाैं । निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्रसंघलाई आग्रह गरिएको छ ।पाँच महिना बित्न लाग्दासमेत पन्तको हत्यारा पत्ता लाग्न नसकेपछि त्रिभूवन विश्वविद्यालयका विद्यार्थीले घटना अनुसन्धानमा सहयोगको आग्रहसहित आज संकलित करिव १५ हजार हस्ताक्षर ललितपुुरको पुल्चोकस्थित संयुक्तराष्ट्र संघको कार्यालयमा बुझाएका हुन ।

 

यसअघि उनीहरुले एक साता माईतीघर मण्डलामा हस्तक्षार संकलन गरेका थिए । निर्मलालाई न्याय दिन अन्तर्राष्ट्रिय समूदायको पहलका लागि हस्ताक्षर बुझाइएको अभियानकर्ताले बताएका छन् ।निर्मलाको हत्या अनुसन्धानमा राज्य नै असफल भएपछि अन्तर्राष्ट्रियकरण गर्न बाध्य भएको विद्यार्थीले बताएका छन् । यसअघि मंसिर दोस्रो साता महिला हिंसाविरुद्ध संयुक्त राष्ट्रसंघीय विशेष दूत डुब्रभ्का सिमोनोभिचले पन्तको हत्या घटनामा राष्ट्रसंघले अनुगमन गर्ने बताएकी थिइन ।

साउन १० गते बलात्कारपछि पन्तको हत्या गरिएको पुष्टि भएपनि अपराधी पत्ता लगाउन सकिएको छैन् ।

 

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशको अस्मित ...

कार्तिक २४ । ‎मधेश प्रदेशमा संविधान र संघीयताको भावना विपरीत गैरसंवैधानिक कदम चालिएको भन्दै जनता ...

जिल्ला जनस्वास्थ्य क ...

रहमुल लहान, २४ कात्तिक । जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले आ.व. २०८१/८२ को वार्षिक समीक्षा गोष्ठी ...

सखुवानन्कारकट्टीमा ए ...

रहमुल लहान कात्तिक २३ । “सुखी नेपाली, समृद्ध नेपाल” भन्ने मूल नाराका साथ नेपाल कम्युनिस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१