पर्सा प्रहरीले २४ घन्टा नबित्दै चोरी भएको बस छिपरमाई गापाको भिस्वा बाट भेटयो

  • भदौ २०, २०७९
  • ११९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पोखरिया २० भदौ बिरगंजको बसपार्क नजिकबाट चोरी भएको यात्रुवाहक बस आज भेटिएको छ बसपार्क नजिक भिषुवा चोकमा पार्किङ गरेर राखेको निजी ना ८ क ७६४८ नम्बरको बस आइतबार चोरी भएको थियो । बिरगंजको बसर्पाक एरियाबाट चोरी भएको यात्रुबाहक बस प्रहरीको सकृयाताले २४ घण्टाभित्र पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा सिकटा नाकामा उक्त बस वेवारिसे अवस्थामा फेला पारेको छ । अनुसन्धान गर्ने क्रममा नेपाल भारत सिमा भिस्वा सिकटा नाका नजिकै वेवारिसे अवस्थामा बस भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए । आइतबार दिनभर खोजी गर्दा नभेटिएपछि सोमबार बिहान बसपार्क प्रहरी चौकीमा बस खोजी गरिदिन निवेदन परेको थियो । निवेदन परेको २४ घण्टा भित्र पर्सा प्रहरीले बस खोजेको छ । बससँगै प्रहरीले बसको खलासिलाइ पनि नियन्त्रणमा लिएको बुझिएको छ । बेवारिसे भेटिएको बसलाई वीरगञ्ज ल्याउँने तयारी भईरहेको प्रहरी नायब उपरिक्षक गिरीले बताए । चोरहरुले बसलाई ग्रामिण भिस्वा नाका प्रयोग गरी भारत भित्रियाउँने योजना हुन सक्ने आशंका समेत गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१