ताजा समाचार

पर्सा प्रहरीले २४ घन्टा नबित्दै चोरी भएको बस छिपरमाई गापाको भिस्वा बाट भेटयो

  • भदौ २०, २०७९
  • १४०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पोखरिया २० भदौ बिरगंजको बसपार्क नजिकबाट चोरी भएको यात्रुवाहक बस आज भेटिएको छ बसपार्क नजिक भिषुवा चोकमा पार्किङ गरेर राखेको निजी ना ८ क ७६४८ नम्बरको बस आइतबार चोरी भएको थियो । बिरगंजको बसर्पाक एरियाबाट चोरी भएको यात्रुबाहक बस प्रहरीको सकृयाताले २४ घण्टाभित्र पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा सिकटा नाकामा उक्त बस वेवारिसे अवस्थामा फेला पारेको छ । अनुसन्धान गर्ने क्रममा नेपाल भारत सिमा भिस्वा सिकटा नाका नजिकै वेवारिसे अवस्थामा बस भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए । आइतबार दिनभर खोजी गर्दा नभेटिएपछि सोमबार बिहान बसपार्क प्रहरी चौकीमा बस खोजी गरिदिन निवेदन परेको थियो । निवेदन परेको २४ घण्टा भित्र पर्सा प्रहरीले बस खोजेको छ । बससँगै प्रहरीले बसको खलासिलाइ पनि नियन्त्रणमा लिएको बुझिएको छ । बेवारिसे भेटिएको बसलाई वीरगञ्ज ल्याउँने तयारी भईरहेको प्रहरी नायब उपरिक्षक गिरीले बताए । चोरहरुले बसलाई ग्रामिण भिस्वा नाका प्रयोग गरी भारत भित्रियाउँने योजना हुन सक्ने आशंका समेत गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤