Siraha Times
ताजा समाचार

सप्तरीको कञ्चनरुपमा दलित समुदायका अगुवाहरुको प्रदेशस्तरीय सम्मेलनजारी

  • भदौ १७, २०७९
  • ६९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान/१७ भदौ । दलितको अधिकार सबैको सरोकार भन्ने नाराकासाथ पाँचौ दलित समुदायका अगुवाहरूको प्रदेशस्तरीय सम्मेलन सप्तरीको कञ्चनरुप नगरपालिकास्थित एलिफेन्ट रिसोर्टमा जारी रहेको छ। दलित सरोकारमञ्च नेपाल कञ्चनरुप नगरपालिका -८ को आयोजना उक्त प्रदेशस्तरीय सम्मेलन आउदो १९ गते आइतबारसम्म हुने आयोजकले बताएका छन। योसँगै आजको कार्यक्रमको उदधाटन प्रमुख अतिथि मधेश प्रदेशका समाजिक विकास मन्त्री माननीय नवलकिशोर साह, विशिष्ट अतिथि लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा मधेश प्रदेश दलित विकास समितिका सदस्य श्याम सरदार, अध्यक्ष भोला पासवान , लवकुश वैठा, प्रध्यापक डा. विजय प्रसाद मिश्र प्रदिप रसाइली लगायत मधेश प्रदेशका दलित अगुवाहरुको उल्लेखनीय सहभागी रहेका छन । यस कार्यक्रममा मुख्यतया दलित विकास समितिको ५ वर्षीय रणनीतिमा समेट्नुपर्ने दलितका सवालका बारेमा मधेश प्रदेशका आठवटै जिल्लाका दलित अगुवाहरुबिच अन्तरक्रिया भइरहेकोबारे आयोजकको तर्फबाट बालकुमारी चौधरीले बताईन।

Open photo

आजको कार्यक्रममा छलफल गरिएका विषय वस्तुहरु यस प्रकार छन:-

- दलित सशक्तीकरण ऐन कार्यान्वयनको अगामी कार्ययोजना

- दलित विकास समितिको ५ वर्षीय रणनीतिमा समेट्नुपर्ने दलितका सवाल

- मधेश प्रदेश सरकारले निर्माण गरेको र प्रस्तावित ऐनहरुमा दलित अधिकारबारेमा छलफल अन्तरक्रिया गरेको डा. विजयप्रसाद मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस

*खडक नगरपालिकामा बाल ...

ओम प्रकाश यादव  लहान वैशाख १० । खडक नगरपालिका, सप्तरी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ् ...

१४ किलो चरेशसहित चा ...

कपिलवस्तु वैशाख ९ । कृष्णनगर नाकाबाट करिब १४ किलो लागुऔषध चरेशसहित चार जना पक्राउ परेपछि सीमावर्ती क ...

बढ्दो सडक दुर्घटना न ...

रहमुल, लहान ९ वैशाख । पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनालाई न्यूनीकरण गर्न सिरहामा ट्राफिक प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१