ताजा समाचार

ओझेलमा पारिएको देवी दह

  • भदौ १७, २०७९
  • १००२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै १८ । प्राकृतिक सौन्दर्यका बीच उभिएका रमणिय देवी दह यतिबेला आपसी विवादका कारण छिया छिया भएको छ । सिराहा जिल्लाको उत्तरी पूर्वी भेकमा रहेको देवी दह साविक तरेगीना गोविन्दपुर तथा हाल लहान नगरपालिका वडा नं १७ मा रहेको छ । पूर्व पश्चिम राजमार्गबाट करिब ७ किलोमीटर दुरीमा पर्ने यो ठाउँ सिराहा र सप्तरी जिल्लालाई छुट्याउने बलान नदीको पक्षिमि किनारामा रहेको यस ठाउँलाई बलानसेर समेत भनेर चिनिन्छ । प्रकृतिले सजिएको यस ठाउँमा प्राकृतिक सौन्दर्यका बीच देवी दह रहेको छ । देवी दह काे उत्तरी छेउमा रहेको देवीको समीप रहेको पानीको तलाउ अर्थात् भबरी (स्थानिय भाषा) बाट निस्कने पानीमा स्नान गरेर आफूले नुहाउँदा भिजेको लुगा उक्त ठाउँमा छोडेर लुगा फेरि हिँड्दा शरीरमा रहेको घाउ खटिरा निको हुने जनविश्वास रहिआएको पाइन्छ । उक्त ठाउँबाट निस्कने पानीलाई व्यबस्थित गर्दै गर्दा विशाल दह बन्न गयो र पछिबाट स्थानियले उक्त दहलाई देवी दह भनी नामाकरण गरे । चारैतिर प्राकृतिक वन जंगलले सजिएको यस ठाउँको उत्तरमा चुरे पर्वत श्रेणी रहेको पाइन्छ । फाट्ट फुट्ट देखिने वस्तीका मानिसहरू मिलेर यस दहमा करिव ४ ओटा ढुङ्गा (नाउँ) विगतमा चलाउँदै गर्दा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको अवस्था रहेको थियो । ढुङ्गामा सैर गरेर मनमोहक दृश्यको आनन्द लिने काम हाललाई बन्द रहेको पाइन्छ ।

आन्तरिक पर्यटकको लागि चिरपरिचित नाम देवीदह यत्तिबेला ठप्प छ । अढाई बर्षअघि दैनिक पाँच हजार पर्यटक पुग्ने देवीदहमा ढुँगा (नाउ) सयर गर्न छाडेपछि त्यसक्षेत्रमा प्राकृतिक स्रोतसाधन रहेपनि उराठ लाग्दो बनेको स्थानीय अरुण सिँहले बताउदै देबीदहको उचाइलाई अझ बढाउन रामकुमार रमन यादवलाई अध्यक्ष बनाइयो तर अदुरदर्शिताको कारण पर्यटन क्षेत्रमा ठूलो समस्या आएको बताएँ । करिब एक करोड विस लाख खर्च गरेर उक्त ठाउँमा करिब १० ओटा घर टहरा निर्माण गरी बाटोमा बलानको बालुवा राखेर बजेट पचाउने काम बिगतमा देवी दहका अध्यक्षले गरेको स्थानियको बुझाइ रहेको पाइन्छ । देवी दहको अवस्था हाललाई संकटपूर्ण अवस्थामा रहेको छ भने अर्कोतिर मुख्य गेटमा हिलाम्मे बाटो र वनमारा घारी दहको डिलमा रहेको देखिन्छ । आपसी विवादमा परेको देवी दहमा लहानका मेयर महेश चौधरीको खासै ध्यान केन्द्रित भएको छैन । बाटो घाटोको अभाव रहेको यस ठाउँमा विकाश ओझेलमा पर्नुको मुख्य कारण स्थानिय सरकारको कमजोरी देखिएको छ भने अर्कोतिर अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण नहुनु पनि चिन्ताको बिषय बनेको अवस्थामा सत्य तथ्यको छानबिन गरी दोषीमाथि कानुनी कारवाही चलाउन जरुरी देखिएको छ । साथै देवी दहको सञ्चालनमा बाधक तत्वहरूको पहिचान गरेर आवस्यक कानुनी कारवाहीको माग स्थासियले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤