ताजा समाचार

सृजना पुस्तकालयको १५ औं पुस्तकालय दिवस सम्पन्न

  • भदौ १७, २०७९
  • ११३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १७ भदौ - सिरहाको लहान नगरपालिका वाडा नम्बर ११ स्थित २०३२ सालमा जनस्तर बाट स्थापना भएको सृजना सामुदायिक पुस्तकालयले १५ पुस्तकालयको उपलक्ष्यमा लहान नगरपालिकाका दर्जनौं सामुदायिक बिधालय र निजी बिधालयहरुको बृहत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो। पुस्तकालयको अध्यक्ष खडग नारायण चौधरीको अध्यक्षता कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा लहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरी रहनु भएको थियो। बिशिस्ट अतिथिमा लहानका प्रमुख प्रशास्किय अधिकृत शत्रु धन प्रसाद चौधरी,नेकपा एमालेका वरिष्ठ नेता राजेन्द्र प्रसाद चौधरी, लहान १५ का अध्यक्ष तेज नारायण चौधरी,पशुपति उच्च माध्यमिक बिधालय लहानका शिक्षक सोभित लाल चौधरी रहनु भएको थियो।

कार्यक्रममा संस्थाका पर्दाअधिकारीहरुमा अध्यक्ष खडग नारायण चौधरी उपाध्यक्ष सतैनी देवी चौधरी सचिब अरबिन्द्र कुमार चौधरी,सह सचिब धर्म राज चौधरी कोषा अध्यक्ष दिपेन्द्र प्रसाद चौधरी सदस्यहरु बेद प्रसाद साह, राम नारायण चौधरी,मनोज कुमार चौधरी,कलुवा पासमान सुशान्त चौधरी, बिजय चौधरी लगायत ब्यक्तीहरु रहेका लक्ष्मी चौधरीले जनाए। लहान नगरपालिका भित्रका निजी तथा अधारभुत बिधालय गरी जम्मा १६ वाटा स्कुलहरुका विद्यार्थीहरुले हाजिरी जवाफ प्रतियोगितामा भाग लिएका थिए। १६ वाटा बिधालय मध्येबाट G.B shaw school ( George Bernard shaw the elite english Boarding school lahan 8 ले १३ अंक ल्याएर प्रथम भएका थिए भने संकलप बाटीका स्कुल लहानले ९ अंक ल्याएर दोश्रो भएका थिए त्यसै गरी ८ अंक ल्याएर लहान मेरीचिल्ड्रेनले तेस्रो स्थान प्राप्त गरेका थिए।

राम्रो अंक ल्याएका ३ बिधालयलाई सिल्ड प्रमाणपत्र र सैशिक सामग्री सहित सम्मान गरेका छन्। प्रमुख अतिथि मेयर चौधरीका अनुसार विद्यार्थीहरु हाम्रा देशका कर्ण धार हुन्। सृजना सामुदायिक पुस्तकालय पडरीया थारुटाेलले धेरै स्कुलका विद्यार्थीहरुसंग एक आपसमा जोड्ने काम जुन गरेको छ्।उक्त काम सराहनीय रहेको छ।पुस्तक अध्ययन नै बिद्यार्थीमा परिवर्तनको रुप ल्याउने गरिन्छ उनले बताए। यस्ता कार्यक्रमहरुमा लहान नगरपालिका सदैब साथ र सहयोग गरिने मेयर चौधरीले बताए।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤