ताजा समाचार

आयुर्वेदिक विधिबाट ७ सय जना ढाड, खुट्टा जोर्निका बिरामीको निशुल्क उपचार

  • भदौ १६, २०७९
  • ९४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय बर्मा, कपिलबस्तु भदौ १७ कपिलबस्तुमा आयुर्वेदिक विधिबाट ढाड, खुट्टा जोर्नि उपचार सम्बन्धी ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोयल थाई मोनास्ट्री लुम्विनी र स्वर्णभुमी फाउण्डेशन तथा वाट थाई कपिलबस्तुको सहयोगमा परम्परागत थाई आयुवेर्दिक बिधिवाट ढाड, खुट्टा जोर्नि उपचार सम्बन्धी ३ दिने निशुल्क स्वास्थ्य शिविर कपिलवस्तु नगरपालिका वडा नं. ३ स्थित थाई मन्दिर तिलौराकोटमा सम्पन्न भएको हो । आर्थिक अभावमा उपचार गर्न नपाएका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उल्लेख गर्दै ग्रामिण समुदायमा धेरै नागरिक सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न नपरोस भन्ने उद्धेश्यले आयोजना गरिएको थियो । सिबिरमा बालबालिका,किशोर किशोरी देखि बृद्धबृद्धा सहित लगभग ७ सय जनाले सेवा लिएको वाट थाई कपिलवस्तुका अध्यक्ष राजेश ज्ञवालीले बताउनु भएको छ । त्यसै गरी रोयल थाई मोनास्ट्री लुम्विनीका प्रमुख भिच्छु सुपोतले ग्रामिण क्षेत्रमा गुणस्तरिय स्वास्थ्य सेवा बाट बञ्चित रहेका नागरिक लाई निशुल्क स्वास्थ्य सेवा दिने उद्धेश्यले सिबिर आयोजना गरिएको बताउनु भयो । सिबिरमा थाईलेण्डका बिशेषज्ञ डाक्टरहरु द्धारा ढाड, खुट्टा जोर्निका ७ सय बिरामीहरुको चेक जाँच गरिएको छ । स्वास्थ परिक्षण पश्चात् बिरामिहरुलाइ निशुल्क उपचार तथा औषधि बितरण गरिएको स्वर्णभुमी फाउण्डेशनका अध्यक्ष राजन खडगाले बताउनु भएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤