लहान - ७ स्थित गणेशचौकमा आजबाट गणेशमेला आरम्भ, नगर प्रमुखले गरे उद्वघाटन

  • भदौ १५, २०७९
  • ७८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , १५ भदौ । लहान नगरपालिका नगर प्रमुख महेश प्रसाद चौधरीले नेपाल कला–संस्कृतिको देश चिनाउने गहना भएको बताएका छन् । सिरहाको लहान - ७ स्थित गणेशचौकमा आज गणेशपुजाको उद्घाटन गर्नुहुँदै नेपाल धर्म, कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस्कृतिहरूको संरक्षण गर्न आवश्यक रहेको बताए। उनले भने, ‘ हाम्रा सबै कला, संस्कृति र धर्मको संरक्षण तथा संवर्द्धन गर्न जरुरी छ ।’ स्थानीय कला र संस्कृतिको माध्यमले नगर क्षेत्रमा पर्यटक भित्र्याउन तथा पर्यटन प्रवर्द्धनका लागि भए पनि आफ्नो मौलिक कला, संस्कृतिलाई जोगाउन आफूपछि नहट्ने प्रतिबद्धता गरे । लहान - ७ स्थित गणेशचौकमा आजबाट मेला आरम्भ भएको मेला समिती अध्यक्ष गौरीशंकर यादवले बताए । आजै १ बजेदेखि पुजा अर्चना हुने , १६ गते देखि १७ गते सम्म जागरण झाँकी , १८ गते मेला बिसर्जन हुने भएकोले सम्पुर्ण भक्तजनलाई मेला दर्शनगर्न मेला समिती सदस्य कौशल महासेठले आग्रह गरे ।

सयौंको संख्यामा महिला दिदिबहिनीहरु आज कलश यात्रा गरेको थियो । विहान देखिसुरु गरिएको कलशयात्रा नयाँ बजार , हुँदै बजार परिक्रमा गरेको समितिले जनाए । उदघाटन कार्यक्रममा उधोग वाणिज्य संघ लहान, सिरहाका अध्यक्ष विकाश सारडा , वडा नम्बर - ७ का वडा अध्यक्ष रामाऔतार शर्मा लगायतको उपस्थिति रहेको थियो । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रतपर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका बर्तालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद्हरुको भनाई छ । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् ।

प्रतिक्रिया दिनुहोस

लामखुट्टेको जोखिमयुक ...

बिरेन्द्र प्रसाद नेपाल लहान ३ गते । सिरहाको लहान नगरपालिकाले दुई दिनमा ५०१ वटा विपन्न परिवारलाई झुल ...

लागूऔषध सहित २ (दुई) ...

ओम प्रकाश यादव लहान ०२ जेष्ठ । सिरहाको खैरटोकामा लागूऔषध औषध सहित दुइ जना प्रहरीको फन्दामा सिरहा नगर ...

पोखरिया नगरपालिकामाथ ...

रंजित चौरसिया,वीरगंज १ जेष्ठ। पर्साको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१