ताजा समाचार

लहान - ७ स्थित गणेशचौकमा आजबाट गणेशमेला आरम्भ, नगर प्रमुखले गरे उद्वघाटन

  • भदौ १५, २०७९
  • ११२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , १५ भदौ । लहान नगरपालिका नगर प्रमुख महेश प्रसाद चौधरीले नेपाल कला–संस्कृतिको देश चिनाउने गहना भएको बताएका छन् । सिरहाको लहान - ७ स्थित गणेशचौकमा आज गणेशपुजाको उद्घाटन गर्नुहुँदै नेपाल धर्म, कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस्कृतिहरूको संरक्षण गर्न आवश्यक रहेको बताए। उनले भने, ‘ हाम्रा सबै कला, संस्कृति र धर्मको संरक्षण तथा संवर्द्धन गर्न जरुरी छ ।’ स्थानीय कला र संस्कृतिको माध्यमले नगर क्षेत्रमा पर्यटक भित्र्याउन तथा पर्यटन प्रवर्द्धनका लागि भए पनि आफ्नो मौलिक कला, संस्कृतिलाई जोगाउन आफूपछि नहट्ने प्रतिबद्धता गरे । लहान - ७ स्थित गणेशचौकमा आजबाट मेला आरम्भ भएको मेला समिती अध्यक्ष गौरीशंकर यादवले बताए । आजै १ बजेदेखि पुजा अर्चना हुने , १६ गते देखि १७ गते सम्म जागरण झाँकी , १८ गते मेला बिसर्जन हुने भएकोले सम्पुर्ण भक्तजनलाई मेला दर्शनगर्न मेला समिती सदस्य कौशल महासेठले आग्रह गरे ।

सयौंको संख्यामा महिला दिदिबहिनीहरु आज कलश यात्रा गरेको थियो । विहान देखिसुरु गरिएको कलशयात्रा नयाँ बजार , हुँदै बजार परिक्रमा गरेको समितिले जनाए । उदघाटन कार्यक्रममा उधोग वाणिज्य संघ लहान, सिरहाका अध्यक्ष विकाश सारडा , वडा नम्बर - ७ का वडा अध्यक्ष रामाऔतार शर्मा लगायतको उपस्थिति रहेको थियो । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रतपर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका बर्तालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद्हरुको भनाई छ । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤