ताजा समाचार

तीज बिशेष कार्यक्रममा फतिमा

  • भदौ १२, २०७९
  • ९८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै १२ । नेपाली महिलाहरुको महान पर्व तीज विशेष कार्यक्रम देशभरि चलिरहेको अवस्थामा देशका विभिन्न कम्पनीहरुले समेत दर खुवाउने गरेको देखिन्छ । नवलपरासीको परासीमा पेप्सी कम्पनीद्धारा दर खाने र खुवाउने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।जनप्रतिनिधिहरुलाई सहभागी गराई आयोजना गरिएको उक्त कार्यक्रममा पालिकाका उप प्रमुखहरुको सहभागिता रहेको थियो । तिज विशेष दर खाने कार्यक्रममा नवलपरासी जिल्लाको विभिन्न पालिकाका जनप्रतिनिधिहरुको सहभागितामा आयोजित कार्यक्रममा रामग्राम नगरपालिकाका उप-मेयर सम्झना चौधरी , पाल्हिनन्दन गाउँपालिकाका उपाध्यक्ष फातुमा खातुन अंसारी, रामग्राम नगरपालिकाका पूर्व उप-मेयर रम्भा कुँवर,राष्ट्रिय जेसिजका उपाध्यक्ष सन्दीप अग्रहरी, रामग्राम जेसिजका अध्यक्ष अनिल उपाध्यय, रामग्राम महिला जेसिजका अध्यक्ष अनिता तिवारी लगायत महिला प्रतिधीहरुको विशेष उपस्थितिमा आयोजित तीज विशेष उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा शुभकामना आदानप्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै फतिमा खातुनले तीज सामाजिक एकता कायम राख्न धार्मिक सांस्कृतिक हिसाबले अति महत्त्वपूर्ण रहेको बताउँदै सहभागी सबैमा शुभकामना ब्यक्त गर्नुभएको छ । कार्यक्रममा दर खाइसकेपछि नेपाली मौलिकता झल्किने गरी नाच गान समेत गरिएको उपमेयर सम्झना चौधरीले बताउनुभयो । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण महिला दिदि बहिनीहरुलाई पूर्व उपमेयर रम्भा कुँवरले शुभकामना दिनुहुँदै राज्यको मूलधारमा महिला सहभागिता अनिवार्य भएको बताउनु भएको छ । वर्षको एकपटक यसरी खुशी साथ तीज मनाउन पाएकोमा सबै खुशी भएको फतिमा निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤