ताजा समाचार

प्राकृतिक सौन्दर्यका बीच बिगु गुम्बा

  • भदौ १२, २०७९
  • १२१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ १२ । नेपाल आफैमा स्वर्ग जस्तै छ भनेर वर्णन गरिरहनु पर्दैन शायद , यहाँका प्राकृतिक छटा अनि प्राकृतिक सौन्दर्यले विश्व समाजलाई लोभ्याएको छ । सगरमाथाको हिउँ अनि मुस्ताङको हावा विश्व समुदायको लागि प्यारो छ । वास्तविकता प्यारो हुँदोरहेछ,आज दोलखा जिल्लाको बिगु गाउँपालिकामा रहेको प्राचिन एतिहासिक बौद्ध गुम्बा मनमोहक दृश्यहरुको बीच आफ्ना सुन्दरता देखाइरहेका छन् ।गुम्बाको वरिपरि रहेको प्राकृतिक सौन्दर्यका कारण गुम्बा बेहुली झै सिंगारिएका छन् । गुम्बा परिसरमा पुग्दा त्यहाँ भएका प्राकृतिक सौन्दर्यका कारण थकाई सजिलै मेटिन्छ । सिंगो बिगु गाउँपालिकाको आस्था अनि गहनाको रूपमा रहेको गुम्बाको आफनै प्राचीन इतिहास रहेको पाइन्छ ।

बौद्ध धार्मिक गुरुहरूको अनुसार गुम्बा प्राचीनकालिन रहेको र बेला बेलामा हुने गरेको मर्मत सम्भारका कारण गुम्बा जीर्ण हुनबाट जोगिएको हो । गुम्बा अनेकन रमणिय वातावरणका बीच आफ्ना सौन्दर्य प्रस्तुत गरिरहेका छन् । गुम्बाको छेउ छाउमा रहेको खोलानालाहरुले सुसेल्दा भक्तजनहरूले आफ्ना दुःखपीडा बिर्सने गरेको अवस्था रहेको एकातिर पाइन्छ भने अर्कोतिर गुम्बाको वरिपरि रहेको प्राकृतिक पाखा पखेराबाट चराहरुले निकाल्ने मधुर स्वरले गुञ्जित वातावरणले प्रफुल्लित गराउने यस गुम्बालाई पर्यटन प्रवर्द्धनको मूल धारमा ल्याएर विश्व समुदायको ध्यानाकर्षण गराउन जरुरी देखिएको अवस्थामा बिगु गाउँपालिका समेत यसको विकास अनि हरेक पूर्वाधार निर्माण प्रति गम्भीर हुन जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤