ज्ञान मिसेज नेपालगञ्जको फाइनल भदौ ११ गते नेपालगन्जमा हुने

  • भदौ ८, २०७९
  • ७४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

हिन्दु महीलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा आयोजना गरिएको तिज नृत्य प्रतियोगिता संगै फेसन सो र ज्ञान मिसेज नेपालगञ्जको फाइनल यही भदौ ११ गते नेपालगन्जमा हुने भएको छ । प्रतियोगिताको अडिसन बाट छनोट भएका २१ प्रतिस्पर्धिहरु मध्ये बाट छनोट भएका ११ जना प्रतियोगिहरुलाई आज पत्रकार सम्मेलन मार्फत सार्बजनिक समेत गरिएको छ । अवधि मिडिया ग्रुप प्रा।लि। द्धारा सञ्चालित जी नेपाल फोरके टेलिभिजनको आयोजनामा गरिएको उक्त प्रतियोगिताको फाईनलमा नायिका करिश्मा मानन्धर , पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ सहभागि हुने टिलिभिजनका प्रमुख आशिष गुप्ताले जानकारी दिए । प्रतियोगितामा नृत्य र फेसन संगै ज्ञान मिसेज नेपालगञ्ज बिधाका फस्ट रनरअपले ५१ हजार , सेकेन्ड रनरअपले ३१ हजार, थर्ड रनरअपले २१ हजार पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् । यो सबैभन्दा ठुलो राशीको पुरस्कारको प्रतियोगिता भएको आयोजकले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

अधिकार र पहिचानको आव ...

सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१