ताजा समाचार

शैलुङ आलु उत्पादनमा अगाडि

  • भदौ १, २०७९
  • ११५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ १ । दोलखा जिल्लाको शैलुङ्ग गाउँपालिकामा आलु उत्पादनप्रती किसानहरू आकर्षित भएका छन् । वर्षको दुईपटक आलु उत्पादन हुने यस ठाउँको आलु राजधानी काठमाण्डौ लगाएत देशका विभिन्न शहरमा पुग्ने गरेको छ । मिठो र अर्गानिक आलु खेती शैलुङ गाउँपालिकाका ८ वटा वडाहरूमा मुख्य खेतीको रूपमा हुँदै आएको छ । स्थानिय गोबर मल खेतमा हालेर उत्पादन गरिने आलुको माग बजारमा बढिरहेको कारण स्थानिय किसानहरू आकर्षित भएर आलु उत्पादन गरिरहेका छन् । स्थानिय सरकारको उदासिनताका कारण शित भण्डारको अभावमा आलु लामो समयसम्म राख्न नसकेको स्थानिय किसानहरू बताउनुहुन्छ । करीब ६ महिनासम्म खान योग्य यस ठाउँको आलुलाई भण्डारण गरेर राख्ने सितभण्डारको व्यवस्था नहुँदा सिजनमै सस्तोमा आलु बेच्नु पर्दा किसानले उल्लेख्य फाइदा लिन नसकेकाले यहाँ स्थानीय निकायको पहलमा भण्डारणको ब्यबस्था गरिएको छ । सिजनेवल रूपमा आलु उत्पादन नहुँदा बजारको मागअनुसार बाहिरी मुलुकबाट आलु आयात गर्नुपर्ने बाध्यता रहेको अवस्थामा दोलखाको वास्तविक भूगोललाई खयाल गर्दै उत्पादनमा लगानी बढाउन सरकार अगाडि आउनुपर्ने देखिन्छ । आलु उत्पादनकाे वातावरणीय हावापानी यस ठाउँमा भएको कारण आलु उत्पादनमा थोरै लगानीमा धेरै उत्पादन बढाउन सकिने अवस्था रहेकाे देखिन्छ । अन्य जिल्लाको तुलनामा यस जिल्लामा व्यावसायिक आलु उत्पादन वृद्धि गरी मिठो आलु बिदेश निर्यात गरि राम्रो आम्दानीको स्रोत बनाउन सकिन्छ । तस्वीर - बिजय घिसिङ्ग/ दोलखा

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤