दोलखाको अर्गानिक टमाटरले भाउ नपाउँदा कृषक चिंतित

  • साउन २९, २०७९
  • १०२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २९ । नेपालमा किशासनको समस्याहरू उत्पन्न हुने क्रममा दोलखा जिल्लाको टमाटर किसानको समस्या बाहिर आएको हो । जिल्लाको अधिकांश भागमा अर्गानिक तरकारी खेती गरिन्छ तर सरकारले किसानलाई समयमा उपलब्भद गराउनुपर्ने सेवा सुविधा स्थानियले नपाएपछि किशान चिंतित वन्न थालेका छन् । दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं ६ आलम्पुमा उत्पादन हुने टमाटरले बजार भाउ नपाउँदा कृषक सस्तोमै बेच्न बाध्य भएका छन् । उत्पादन भन्दा लागत बढी रहेको र यहाँ कृषि उपज बजारको ब्यबस्था नहुँदा किसानका टमाटर खेतमै कुहिने समस्या रहेको पाइन्छ । अर्गानिक तरकारी खेतीको रूपमा परिचित यस ठाउँमा खुर्सानी , बोडी,मुला , गाजर, रायो, काउली ,आलु लगायतका खेती प्रसस्त मात्रामा गरिन्छ । खेती , उत्पादन र बजारको तालमेल मिल्ने हो भने यस ठाउँको जनताले खेती गरेर आत्मनिर्भर बन्ने सम्भावना रहेको अवस्थामा सरकारले लगानीमा जोड गर्नुपर्ने देखिन्छ । उत्पादित तरकारी बारम्बार कुहिने समस्याले गर्दा स्थानिय चिन्तित बनिरहेको अवस्थामा स्थानिय सरकार र कृषीसंग सम्बन्धित संघ संस्था किशासनको समस्याप्रति बेखवर हुनु चिन्ताको विषय बनेको छ । पीडित किसानहरूले आफ्नो उत्पादनको मूल्य सरकारले निर्धारण गरेर शित भण्डारको व्यवस्थापनमा जोड गरिदिएको खण्डमा आफूहरुको आर्थिक समस्याको समाधान हुने कुरामा बिश्वस्त रहेका छन् । विकट हिमाली जिल्लाको तरकारी पोषिलो भएको हुनाले तरकारी जन्यवस्तुको निर्यात बढाएको खण्डमा हिमाल, पहाड र तराईको सन्तुलन कायम राखेको खण्डमा सकारात्मक प्रभाव पर्ने अवस्थामा सरकार गम्भीर हुन आवश्यक भएकोले तत्काल ध्यानाकर्षण हुन जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहा सेवा समाज कतार ...

रहमुल लहान, ३ जेठ । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ मा सामाजिक उत्तरदायित्व निर्व ...

विद्यालय सुधार योजना ...

रहमुल लहान जेठ ३ । नवराजपुर गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरूका प्रधानाध्यापक तथा ...

लहानमा विद्यार्थीहरू ...

ओम प्रकाश यादव लहान, ३ जेठ । सिराहाको लहान नगरपालिका–१५ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१