Siraha Times
ताजा समाचार

पानीको निकास नहुँदा सयौं विगाहा जमीन डुबानमा

  • साउन २५, २०७९
  • ८४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा ।  सिरहाको लक्षीपुर पतारी गाउँपालिका –६ सितापुर पतारी जाने सडको पानी निकास नहुँदा विगत सात वर्षदेखि सयौं विगाहा जमीनमा पानी जमेर उत्पादन हुन सकको छैन । पानी निकासको लागि स्थानीयहरुले गाउँपालिकासँग माग गर्दै आएका छन् । लहान १२ र १३ हुँदै सरस्वती खोला र सलहेस फूलबारीबाट बग्ने पानी निकास नहुँदा सितापुर सलोखरी धनछवार गाउँका सयौ विगाहा जमीनमा बाह्रै महिना पानी जमेर उत्पादन हुन नसकेको स्थानीय राम अशिष साहले पीडा पोख्नुभयो । दुई चार कठा जमीन हुने किसानलाई त हातमुख जोर्ने समस्या भयो । कति किसानको त एक विगाहाभन्दा बढी जमीन पानी जमेर बाझो भएको छ । यो विकराल समस्याको समाधानको लागि विगतका जनप्रतिनिधिहरुसँग पटक पटक हार गुहार गरेपनि समस्या समाधान नभई जिउँको तीउँ रहेको स्थानीयहरुले गुनासो पोख्नुभयो ।

वर्षाको समयमा सडक नै हिलामय भएर आउजाउ गर्न सकिँदैन, दुई किलोमिटर गाउँपालिका जान सात किलोमिटर घुमेर जानुपर्ने बाध्यता रहेको मनोज चौधरीले बताउनुभयो । सडकको दक्षिणपटि एक दर्जनभन्दा बढी पोखरी खनिएपछि पानीको निकास बन्द भएर यो समस्या उत्पन्न भएकोले विगतमा चाहेर पनि समस्याको समाधान हुन नसकेको पूर्व वडाध्यक्ष राजेश साहले सुनाउनुभयो । उहाँको अनुसार पानी निकासको लागि विनियोजित बजेटहरु फिर्ता भयो । दक्षिणपटिका किसानहरुले माछा उत्पादन गर्न पोखरी खनेपछि पानी निकास हुन नसकेर समस्या उत्पन्न भएको हो । पानी निकासको लागि यस वर्ष कल्भर्ट निर्माण र सडक मर्मतको लागि नब्बे हजार रकम बजेट बिनियोजन गरेर सुख्खा मौसममा समस्या समाधान गरिसक्ने वडाध्यक्ष अजय कुमार यादवले विश्वास दिलाउनुभयो । सिरहा जिल्लाको पुरानो सितापुर बजारको विकासको लागि पानी निकास हुन नसक्नु ठूलो समस्या रहेकोले नाला सहित पानी निकासको लागि गाउँपालिकामा रहेको सबै राजनीतिक दलहरुसँग सामुहिक रुपमा सहमति गरेर यस वर्ष यस्ता सुमस्याहरुको समाधान गरिसक्ने गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

जलवायु उत्थानशील कृष ...

रहमुल, लहान २१ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिँदै गएको चुनौतीलाई न्यूनीकरण गर्दै कि ...

डिआइजीको नाम भजाएर त ...

रंजित चौरसिया, वीरगंज २१ भदौ । बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी प्रशासनकै मिल ...

जन्माष्टमीको अवसरमा ...

शियाराम यादव ,भदौ-२०  । श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर यादव सेवा समाज दोहा, कतारको नयाँ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१