Siraha Times
ताजा समाचार

जानकी मन्दिरको उतराधिकारी महन्थ रामरोशन रहेको गुठीको दाबी

  • साउन २५, २०७९
  • ८७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । जनकपुरधाम स्थित जानकी मन्दिरमा उत्तराधिकारी महन्थ विवाद बारे गुठी संस्थान कार्यालय जनकपुरधामले रामरोशन दास वैष्णव उतराधिकारी महन्थ रहेको दाबी गरेका छन । केही दिनअघि जानकी मन्दिरको उत्तराधिकार महन्थ रामरोशन दासको परिचय पत्र फर्जी रहेको र मन्दिरमा अनियमितता गर्दै आएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । केही दिन अगाडी मात्रै जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको थियो । उनी बिरुद्ध रामनारायण दासले उजुरी दिएका थिए । सो उजुरी बारे गुठी संस्थान जनकपुरधामका प्रमुख बैकुण्ठ रेग्मीले गुठी संस्थानले नै उनलाई जानकी मन्दिरको उत्तराधिकारी महन्थमा नियुक्त स्पष्ट पारेका छन । उनले भने ‘रामरोशनजी ले उत्तराधिकारी महन्थको फर्जी परिचय पत्र बनाएको आरोप निराधार हो, उनलाई २०७८ सालमै गुठी संस्थानको संचालक समितिको बैठकबाट निर्णय गरेर उत्तराधिकारी महन्थमा नियुक्त गरिएको थियो ।’ गुठी संस्थानको संचालक समितिको २०७८ वैशाख १५ गते बसेको बैठकबाट पुजारी लगायत जनशक्ति व्यवस्थापन निर्देशिका २०७७ को दफा १० को उपदफा २ मा उत्तराधिकारी महन्थ उनलाई तोकिएको हो र सोही निर्देशिकाको दफा ८ बमोजिम योग्य भएको देखिएकाले उक्त निर्देशिकाको दफा १० को उपदफा १ र २ अनुसार रामरोशनलाई उत्तराधिकारी महन्थमा नियुक्त गरिएको पत्रमा उल्लेख छ ।

मन्दिरको उत्तराधिकारी महन्थ नियुक्त गर्ने अधिकार महन्थको अधिकार रहेको थियो, निर्देशिका बमोजिम महन्थले तोकेका ज्येष्ट चेलालाई उतराधिकारी महन्थ नियुक्त गर्ने अधिकार गुठी संस्थानमा निहित रहेको छ । मन्दिरका महन्थले बनाएको आफ्नो ज्येष्ठ चेलालाई नै उत्तराधिकारी महन्थ बनाउने परम्परा पनि रहेको छ ।  सोही अनुरुप जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले केही वर्ष अगाडीदेखि नै रामरोशनलाई आफ्नो ज्येष्ठ चेलाको रुपमा नियुक्त गरेको भनी परिचय गराउँदै आई रहेका थिए । महन्थले नै ज्येष्ठ चेलाको रुपमा नाता प्रमाणित गराएर उत्तराधिकारी महन्थ बनाई दिनका लागि गुठी संस्थानमा सिफारिश समेत गरेका थिए । जानकी मन्दिरमा हुँदै आएको विवाहपञ्चमी महोत्सवको भव्य आयोजनमा हुने खर्चको विषयमा दुई वर्ष अगाडी विवाद हुँदा महन्थ रामतपेश्वरले आवेशमा केही मिडियामा रामरोशन उतराधिकारी महन्थ नरहेको भनेका थिए । पछि विवाद साम्य भएपछि रामरोशन नै उत्तराधिकारी महन्थ रहेको स्वीकार गरेका थिए ।

मन्दिरको आर्थिक अनियमितता बारे मन्दिरको आर्थिक कारोबार गर्ने अधिकार प्रमुख महन्थलाई मात्रै हुन्छ, रेग्मीले भने ‘त्यसैले उत्तराधिकारी महन्थले आर्थिक हिनामिना गर्न सक्ने कुनै सम्भावना नै छैन । लक्ष्मण मन्दिरको आर्थिक कारोबार सोही मन्दिरका पूजारी सीताशरण दास वैष्णवले हेर्दै आई रहेका छन् । जानकी मन्दिर र लक्ष्मण मन्दिरको विषय अलग अलग रहेकाले दूबै मन्दिरको आर्थिक कारोबार पनि अलग अलग हुँदै आईरहेको गुठी संस्थान जनकपुरधामका प्रमुख रेग्मीले बताए । यता जिल्ला प्रशासन कार्यालय धनुषाले सो उजुरीको विषयमा अनुसन्धान भईरहेको जनाएको छ । अनुसन्धान जारी नै रहेको र अनुसन्धान बिना केही बोल्न सक्ने स्थिति नरहेकोले यस विषयमा जिल्ला प्रशासन कार्यालय धनुषाले प्रतिक्रिया दिन इनकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस

*खडक नगरपालिकामा बाल ...

ओम प्रकाश यादव  लहान वैशाख १० । खडक नगरपालिका, सप्तरी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ् ...

१४ किलो चरेशसहित चा ...

कपिलवस्तु वैशाख ९ । कृष्णनगर नाकाबाट करिब १४ किलो लागुऔषध चरेशसहित चार जना पक्राउ परेपछि सीमावर्ती क ...

बढ्दो सडक दुर्घटना न ...

रहमुल, लहान ९ वैशाख । पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनालाई न्यूनीकरण गर्न सिरहामा ट्राफिक प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१