फोहोरले दुर्गन्धित बन्दै राजधानी

  • साउन २४, २०७९
  • ८३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २४ नेपालको राजधानी काठमाडौं फोहोरले दुर्गन्धित बन्दै गएको अवस्था रहेको पाइन्छ । सहरका मुख्य सडकको पेटीमा स्थानीयद्वारा निकालिएको फोहोर जम्मा गर्ने प्रवृत्ति बढेको पाइन्छ । महामहिम लगायत जलबायु परिवर्तनका चर्का नारा दिने सरकारी निकायहरू र गैरसरकारी संस्थाहरुको चर्का भाषण यतिबेला उदाङ्गिएको छ । राष्ट्र चलाउने राष्ट्र प्रमुखहरू भएको राजधानी यतिबेला फोहोरले सजिन थालेका देखिन्छन् । राजधानीका मुख्य चोकहरुमा यतिबेला फोहोर थुप्रिएका छन् । नेपाल प्रहरी र ट्राफिक प्रहरी नियमित ड्युटीमा खटिने मुख्य सडकहरु कोटेश्वर,कालीमाटी लगायतका ठाउँहरुमा फोहोर थुप्रिएको दृश्य सजिलै देख्न सकिन्छ । राष्ट्रपति , प्रधानमन्त्री लगायत उच्छ ओहदाका व्यक्तित्वहरू रहेको राजधानी काठमाडौंलाई फोहोरबाट मुक्त गर्न नसक्नु दुःखद पक्ष मानिन्छ । सभाको स्टेजमा ठूला ठूला भाषण गरेर राष्ट्रियताको सवालमा ओकालात गर्ने सामाजिक अभियन्ता र नेता गणहरुको आँखा किन जाँदैन फोहोर व्यवस्थापनमा ।

प्रतिक्रिया दिनुहोस

मन्त्री गुप्ताको पहल ...

रहमुल, लहान १५ माघ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीमा विगत दशौँ वर्षदेखि किसानह ...

६४ औं राष्ट्रिय नर्स ...

वीरगंज १५ माघ। आज नेपाल नर्सिङ संघ, पर्सा शाखाद्वारा ६४औँ राष्ट्रिय नर्स दिवसको उपलक्ष्यमा वीरगञ्ज न ...

उज्यालो पार्टीका उम् ...

बोदे बर्साईन , सप्तरी : १५ माघ – उमेश कुमार साह उज्यालो नेपाल पार्टी सप्तरीले क्षेत्र नं ४ मा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१