लागू औषधसहित मानिस नियन्त्रणमा

  • साउन २२, २०७९
  • ८२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा । सिरहाको लहानबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा लहान नगरपालिका – १ बस्ने बर्ष ३० को दिलिप साह र सोही नगरपालिका – ७ बस्ने बर्ष २८ को गोपाल दास रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई आईतवार जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय लहानबाट प्रहरी नायव उपरिक्षक कुमार प्रसाद मैनालीको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले लहान नगरपालिका अस्पताल चोकस्थित सगरमाथा होटेलबाट लागुऔषधसहित पक्राउ गरेको हो । उनिहरुले लागूऔषध सम्बन्धी शंकास्पद कारोवार गरिरहेकाे बिशेष सुचनाको आधारमा खानतलाशी गर्दा फेनरागन- ९९१ एम्पुल, डाईजिपाम- ९९१ एम्पुल, ब्युप्रिनोर्फिन- ९९१ एम्पुल, स.६ प. ६३३ नं. को मोटरसाईकल थान- १, मोबाईल थान-२ (नोकिया सादा सेट थान-१, र ओपो कम्पनीको मोबाईल सेट थान-१)सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाईएको सिराहा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१