ताजा समाचार

सिरहामा उद्योगमा ऋण लगानी गर्न थालेपछि दर्ता गराउने क्रम बढे

  • साउन २१, २०७९
  • ८६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा ।  बैंक तथा वित्तीय संस्थाहरूले कृषिजन्य उद्योगमा ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गराउने क्रम बढेको छ । ती संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेको र ‘लोडसेडिङ’ले समेत खासै असर नपर्ने भएपछि जिल्लामा त्यस्ता उद्योग दर्ता गराउने क्रम बढेको हो । आर्थिक वर्ष २०७८/७९ मा एक हजार आठ सय ६५ नयाँ उद्योग दत्र्ता हुदाँ त्यसमा एक हजार २४३ कृषिजन्य उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालय लहानले जनाएको छ । दर्ता भएको नयाँ कृषिजन्य उद्योगमा कृषि, पशुपक्षी र माछापालनसम्बन्धी एक हजार एक सय २०, पशुपालनसम्बन्धी ७१, माछापालनसम्बन्धी १२, दुग्धजन्य उद्योग १४ वटा दर्ता भएको कार्यालय प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिए ।

यस्तै आव २०७८/७९ मा सेवामूलक उद्योग चार सय ७७, उत्पादनमूलक उद्योग एक सय ४५ वटा दर्ता भएको प्रमुख यादवले बताए । यससँगै सिरहामा कृषि तथा वनजन्य उद्योग चार हजार १३, उत्पादन उद्योग एक हजार सात सय ५७ र सेवा उद्योग चार हजार सात १५ गरी घरेलु तथा साना उद्योगको संख्या १० हजार तीन सय १५ पुगेको प्रमुख यादवले जानकारी दिए । यस्तै आव २०७८÷७९ मा नयाँ उद्योग र वाणिज्यतर्फ दर्ताबाट रु एक करोड ८१ लाख ३३ हजार दुई सय ९८ राजस्व सङ्कलन भएको जनाएको छ । गत आव २०७७/७८ मा एक हजार नौ सय १३ नयाँ उद्योग दर्ता भएको थियो । अघिल्लो आव २०७७÷७८ मा पनि सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार एक सय २२, सेवा उद्योगतर्फ छ सय पाँच र उत्पादन उद्योगतर्फ एक सय ८६ उद्योग दर्ता भएको थियो । अघिल्लो आव २०७७/७८ मा कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग एक हजार १८, पशुपालनका ५४ तथा कुखुरापालनका १७ वटा नयाँ उद्योग दर्ता भएको सो कार्यालयले जनाएको छ । जिल्लास्थित बैंक तथा वित्तीय संस्थाबाट कृषिजन्य उद्योगमा ऋण लगानी हुन थालेको र अन्य उद्योगभन्दा कृषिजन्य उद्योगलाई बढ्दो लोडसेडिङले खासै असर नपार्ने भएकाले कृषिजन्य उद्योगतर्फ स्थानीय आकर्षित भएको प्रमुख यादवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤