ताजा समाचार

४ बर्षदेखि यातायात कार्यालयमा शाहको रजाइँ ," पैसाको भरमा धमाधम लाईसेन्स दिदै " अखतियार खोई

  • साउन २०, २०७९
  • १२०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज २० गते श्रावण यातायात कार्यालय वीरगंजमा पैसाको भरमा लाईसेन्स बनाउदै गरेको रहस्य खुलेको छ ।सवारी चालक पत्र बनाउनको लागि आएका सेवाग्राहि सित बिचौलीयाहरु मार्फत मोटो रकम लिएर लाईसेन्स दिदै आएका छन्। यातायात कार्यालयको प्रमुख शुशिल साहले कार्यालय भित्र करारका कर्मचारी र बिचौलियाहरु प्रयोग गरि अवैध रुपले भित्रवाट फर्म भरि नयाँ लाईसेन्स दिने गरेको खुलिको छ। प्रमुख शाहले भित्रवाट फर्म भरेका व्यक्ति लिखित परीक्षा र ट्रायल परीक्षा फेल भएपनि उक्त व्यक्तीको भिडियो इडिट गरि पास गराउने गरेको स्रोतले जनाएका छन्। सरकारले कागजातले दर्ता भईरहेको फर्ममा भ्रष्टचारी भइरहेको पाएपछि सो प्रवधानलाई हटाई भ्रष्टचारीलाई रोकनको लागि अनलाईन फर्म भर्न नियम लागु गरेको हो।अनलाईन फर्म भरेका व्यक्तिहरुलाई ६ महिना १ साल सम्म सम्पर्क मितीको लागि कोर्ने परेको छ ।

यातायात कार्यालयपर्साका प्रमुख सुशील साहले परिचालन गरेका बिचौल्लीयाहरुले सेवाग्राहीले छिटोभन्दा छिटो लाईसेन्स दिलाईदिन्छु भनि हजारौं हजारौं रकम लिएर अफलाईन फर्म भरि लाईसेन्स दिने गरेको स्रोतको दाबी छ। त्यसै गरि यातायात भईरहेको भष्ट्रचारी रोक्नको लागि ट्रायल सेन्टरको ग्राउणडमा सिसि क्यामेरामा जडान गरे पनि कर्मचारीहरुले भिडियो इडिट गरि भिडियो हटाई लाईसेन्स दिने गरेको छ। यातायात कार्यालय प्रमुख भई आएपछि वीरगंजमा अनलाईन फर्म भर्नको लागि सानो सवारीहरु सित ५००० हजार र ठुलो सवारी साधनहरुको लागि १० हाजर लिने गरेको एक सेवाग्राहीले बताएका छन्। यसरीनै मोटरसाइकलको लाईसेन्सको लागि १५ हजार र ठुलो चार चक्का सवारीहरुको २५ हजार र हेबी गाडीको लाईसेन्सको लागि ५० हजार ७५ हजार लिएर फेल भएका हरुलाई पैसा लिएर लिखित र ट्रायलमा फेल हुनेहरुको पास गराउने गरेको स्रोतले दाबि गरेका छन्। केही दिन कोरोनाको कारण चालक अनुमति पत्र बन्द रहेको कारण अहिले नया चालक अनुमति पत्रको आवदेन फर्म खुलेपछि यातायातका साहले बिचौलिया संग मिलेर फेल भएकाहरुलाई मोटो रकम लिएर पास गराउने जिम्मा लिएका छन्।

यातायात कार्यालय वीरगंज प्रमुख साहको विश्वासपात्रको रुपमा करारमा रहेका पिउन शम्भु गुरुङलाई मन्त्रालय देखि लिएर पत्रकार ,पुलिस सम्म मिलाउन जिम्मा दिएका छन्। ।विश्वासपात्र रहेका गुरुङ विगत १० बर्षदेखि ठुलो हाकिमहरुको आशिर्वादले वीरगंजमा बस्दै आएका छन्। गुरुङ चितवन जिल्ला निवासी भएको हुनाले हटौडा र चितवनमा बिचौलियाहरु परिचालन गरि प्रति लाईसेन्सको १० हजार देखि लाखौं रुपैया सम्म लिई लाईसेन्स दिलाउने गर्छन।गुरुङले हाकिमहरुको श्रिमती भन्दा पनि बढि सेवा दिदै आएका छन्। एक कर्मचारीको अनुसार यातायात कार्यालय प्रमुह साह पछि कार्यालय भित्र गुरुङको आदेशनै चल्दै आएको बताएका छन्।त्यसैगरि हाकिम साह भएपनि गुरुङको ईसारामा नै कुनै किसिमको काम हुने गरेको बताएका छन्। नारायणीमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन गरी ५ जिल्लाका सेवाग्राही आउँछन्। भद्रगोल व्यवस्थापनले सेवाग्राहीलाई निकै सास्ती खेप्नु परेको चितवमका दिपक गौतमले बताउँछन्। सबै काममा कर्मचारी पैसाको कुरा गर्ने उनी दावी गर्छन्।

यातायात कार्यालयका प्रमुख शाह मधेस प्रदेशका एक ठुलो नेताको आशिर्वादले विगत ४ बर्षदेखि वीरगंज कार्यालयका प्रमुख भई बस्दै आएका छन्। सरकारले नयाँ वा पुरानो लाईसेन्स बनाउनको लागि अनलाईनवाट दर्त गर्नु पर्ने प्रबधान लागु गरेपनि प्रमुख शाहले आर्थिक प्रलोभनमा परि सरकारको नियमलाई अटेरी गरि भित्रवाट अनलाईन फर्म भरि २ अथवा ४दिन भित्रमा लिखित र ट्रायल परिक्षा गराई फेल भएपनि सिसिक्यमराका भिडियोहरु हटाई पास गराउन गरेको नाम नछाप्रने सर्तमा एक अधिकृतले बताएका छन्। नारायणी यातायता कार्यालय पहिले पनि बदनाम छ। दृष्टिबिहीनलाई नै लाइसेन्स वितरण गरेको रेकर्ड यसअघि नै फेला परिसकेको छ। घुस लिँदालिँदै कर्मचारी पक्राउ पर्नु नारायणी यातायात कार्यालयमा सामान्य घटना जस्तै छन्। यातायात कार्यालयमा यस्ता गतिविधि भईरहेको हुदा पनि समबन्धित निकाय तथा अख्तियारको ध्यान जान यति आवशयक देखिएको छ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤