ताजा समाचार

अवधी प्रतिष्ठान स्थापना गर्न आयोगले सिफारिस गर्छ : अध्यक्ष डा.दत्त

  • साउन १९, २०७९
  • ९७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले अवधी भाषाको प्रबर्धन गर्न प्रतिष्ठान स्थापना गर्न आयोगले नेपाल सरकारमा सिफारिस गर्ने बताउनुभएका छन् । लुम्बिनी प्रदेशको नेपालगंजमा आयोजना गरिएको ५२५ औं तुलसी जयन्ती तथा तृतीय अन्तरदेशीय अवधी महोत्सवको प्रमुख अतिथिको रुपमा सहभागी भएका अध्यक्ष डा.दत्तले आयोगलाई भाषा, कला र संस्कृतिको सम्बर्धन, संरक्षण तथा सशक्तिकरण गर्ने आयोगको दायित्व रहेको र सो दायित्वलाई निर्वाह गर्दै अवधी भाषालाई प्रबर्धन गर्न आयोगले कुनै कसर बाँकी नराख्ने समेत बताउनुभएका छन् । अध्यक्ष डा.दत्तले लुम्बिनी प्रदेशका स्थानीय पालिकाहरुले अवधी भाषालाई यथाशिघ्र कामकाजको भाषा बनाउन, पाठ्यक्रममा अवधी भाषालाई समेट्न ढिला गरेको र अब छिटै कार्यान्वयनमा ल्याउनु पर्ने समेत बताउनुभएका छन् । अध्यक्ष डा.दत्तले अवधी भाषालाई प्रबर्धन गर्न आयोगले आयोगका सदस्य तथा लुम्बिनी प्रदेशका संयोजक विजय गुप्ताको नेतृत्वमा विशेष रणनीति बनाउने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । सो महोत्सवले ७ बुंदे घोषणा पत्र जारी गर्दै मधेशी आयोग मार्फत नेपाल सरकारलाई कार्यान्वयन गर्न अनुरोध समेत गरेको छ । सो महोत्सवमा नेपाल भारतका करिब १५० जना अवधी भाषाको अगुवाहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤